हालै आफ्ना प्रेमी आयूष्मान देशराजसँग ईंगेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले फिल्म ‘कथा काठमाडौं’ को एउटा गीतमा भल्गर सिन दिएकी छन् । यसबाट उनले चर्को आलोचना खेप्नु परेको छ ।
दोस्रो विवाहको तयारीमा रहेकी नायिकाले नायक प्रमोद अग्रहरीसँग दिएको अन्तरङ्ग दृष्य नेपाली दर्शकले सहजै पचाउने खालको छैन । यूट्यूवले समेत यो गीत ‘केही प्रयोगकर्ताहरुका लागि अनुपयुक्त’ रहेको भन्दै उमेर कन्र्फम गरेर मात्रै हेर्न सकिने बनाएको छ । अश्लिल र आपत्तिजनक खालका भिडियोहरुमा यूट्यूवले यस्तो गर्छ ।
यूट्यूवमा गीतमाथि थुप्रै नकारात्मक प्रतिक्रियाहरु आएका छन् । ती प्रतिक्रियाहरु बढि प्रियंकामाथि नै फोकस छन् । धेरैले उनलाई अश्लिल गाली गरेका छन् । कतिपयले पोर्न फिल्ममा जान सुझाव दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।