add
विचार विशेष

धर्म र विज्ञान

मर्कान्देय कात्जु
धर्म र विज्ञान एक अर्काको परस्पर विरोधी हुन् । यी फरक ध्रुवका हुन् र यिनीहरु एक अर्काका पूरक हुन भन्नु वेवकुफी हो ।

र्धले भन्छ यहाँ अलौकिक शक्ति छ जसलाई ‘भगवान’ भनिन्छ, जो अमर, स्थायी, शक्तिशाली, दयालु र सर्वगुण युक्त हुन्छन् ।

विज्ञान अलौकिक शक्तिमा विश्वास गर्दैन । यसले यो ब्रम्हाण्डमा कुनै कुरा स्थायी छ भन्ने विश्वास गर्दैन । सबै कुरा परिवर्तनशील छ, परिवर्तन मात्र स्थायी छ र यो परिवर्तनको नियमलाई वैज्ञानिक सोधद्वारा अध्ययन गर्न सकिन्छ । विज्ञान ले कुनै अलौकिक शक्ति जस्तै भगवान, परि, दैव, दानव, बोक्सी र आत्मा हुन्छ भन्ने मान्यता ग्रहण गर्दैन (त्यसरी नै यसले आत्माको पुनर्जन्म र न्यायको दिनमा पुनःरुत्थान भन्ने विश्वास गर्दैन) र कुनै चिज स्थायी हुँदैन, सबै परिवर्तनशील छ, कुनै परिवर्तन हुने स्थितिमा छ, परिवर्तन नियम सम्बद्ध छ जुन वैज्ञानिक अनुसन्धानले सिद्ध गर्न सकिन्छ । विज्ञानको धारणा छ कि एक मात्र वास्तविकता भनेको वस्तु हो, जुन निश्चित नियम अनुसार गतिमा हुन्छ । केही व्यक्तिले प्रश्न गरे– कसले पदार्थ बनायो ? उत्तर हो– पदार्थको निर्माता हँुदैन । पदार्थ पदार्थबाटै बनेको हुन्छ र रुप परिवर्तन भइरहन्छ ।

– विज्ञान हरेक पाइला पिच्छे अगाडि बढ्छ भने धर्म पछाडि ।
त्यसैले एक समयमा दादुरा आउँदा माता रिसाएर आएको भन्थे । तर, अहिले हामीलाई थाहा छ यो जीवाणुको संक्रमणले भएको हो र खोप लगाएर रोकथाम गर्न सकिन्छ ।

मानिस एक समय सोच्थे पानी पर्नुको कारण पनि देवता ‘इन्द्र’ हुन र खडेरी परेको खण्डमा इन्द्र देवताको पूजा गर्नु पर्छ (अझैँ नेपाल र भारतमा यो विश्वास गर्दछन्) । आज हामीलाई थाहा छ कि जमीन तातेपछि कम दबाबको क्षेत्र निर्माण भइ वर्षा हुन्छ ।
कुनै समय मानिसहरुले विश्वास गरेको आदम र इभ ब्रम्हाण्डले बनाएका हुन् । पछि डार्विनले प्रमाणित गरेकी मानिस वन मान्छेबाट विकसित भएका हुन् ।

– धर्म विश्वास र ईश्वरीय प्रकाशमा निर्भर गर्दछ । विज्ञान अवलोकन, प्रयोग र कारणमा निर्भर गर्दछ ।

— धर्मले भनेको अन्तिम शब्द हुन्छ र त्यो परिवर्तन गर्न सकिँदैन । यसैले वेद, कुरान, बाइबल आदि परिवर्तन गर्न सकिँदैन । विज्ञानमा कुनै अन्तिम शब्द र वैज्ञानिक सिद्धान्तहरु नियमित परीक्षण र परिमार्जन गरिन सकिन्छ र गरिएका पनि छन् । उदहारणको लागि न्युटनले १६६६ मा भने कि प्रकाश कणको रुपमा यात्रा गर्छ (कर्पोस्कुलर थ्यौरी) । तर, १६७८ मा डच वैज्ञानिक ह्युजेंसले आफ्नो फ्रेसेल सिद्धान्त प्रतिपादन गरे कि प्रकाश तरङ्गको रुपमा यात्रा गर्दछ । धेरै पछि माक्स प्लानकले क्वान्टम सिद्धान्त प्रतिपादन गरे जसले भन्यो प्रकाश छुट्टै कणको रुपमा यात्रा गर्दछ । डी ब्रोगलीले अगाडि बढाएको र ज्भष्कभलदभच, कअजचयमष्लनभत इत्यादिले विकास गरेको त्रगबलतगm mभअजबलष्अक ले भन्न थालियो कि कणहरुलाई तरङ्गको रुपमा पनि कल्पना गर्न सकिन्छ (र यसको विपरीत) ।

– धर्मले भन्छ कि ब्रम्हाण्ड एक विशेष समय सबै जीवित प्राणीसँगै भगवान्ले सृष्टि गरेका हुन् । तर, डार्विनले आफ्नो विकासवादी सिद्धान्तद्वारा प्रमाणित गरेकी प्राणीहरु क्रमशः विकसित हुँदै गएका हुन् ।

— धर्मले भन्छ कि ब्रम्हाण्डको सृष्टिकर्ता हुनुपर्छ, जो परमेश्वोर हुनुहुन्छ । विज्ञान भन्छ कि यहाँ त्यस्तो कुनै सृष्टिकर्ता छैन । ब्रम्हाण्डमा एक मात्र वास्तविकता भनेको पदार्थ हो (वा पदार्थ ऊर्जा हो) किन कि आइन्स्ताइनले प्रमाणित गरे अनुसार पदार्थ र ऊर्जा एकै वस्तुका दुई रुप हो र जुन कुनै सिद्धान्तलाई आधार मान्ने हो भने पनि पदार्थ गतिशील छ । यदि पदार्थ कहाँबाट आएको भनेर सोधियो भने उत्तर हुन्छ पदार्थ पदार्थबाटै आएको हो । यदि सबैकुराको सृष्टिकर्ता हुनुपर्छ भन्ने हो भने त्यस सृष्टिकर्ताको पनि सृष्टिकर्ता हुनै पर्छ, त्यो भनेको महासृष्टिकर्ता र त्यो महासृष्टिकर्ता को पनि सृष्टिकर्ता हुनै पर्छ । महा–महासृष्टिकर्ता र क्रमशः । यो भनेको झुटको असीमित भुमरी हो ।

– धर्मले भन्छ कि परमेश्वोर सबैभन्दा शक्तिशाली, दयालु र असल हुन्छन् । यदि त्यसो हो भने संसारमा लाखौँ केटाकेटीहरु भोक, जाडो आदिबाट किन पीडित छन् ? भगवान जो दयालु हुन्छ भनिन्छ, किन ती पीडितलाई दया गर्न नसकेको र तिनीहरुलाई खाना, लुगा, बस्ने ठाउँ इत्यादि दिन नसकेको ?

किन यति धेरै गरिबी, बेरोजगारी, कुपोषण आदि यस संसारमा छ ? यदि भगवान शक्तिशाली र दयालु छन् भने किन यी कुरा निराकरण गर्दैनन् र सबैलाई सम्मानित जीवन किन दिँदँनन ?य ो सत्य हो कि कुनै वैज्ञानिक भगवानलाई विश्वास गर्दछन् । तर, यसले के सावित गर्छ भने वैज्ञानिक र अवैज्ञानिक विचार एउटै टाउकोमा सँगै रहन सक्छ र यो अवैज्ञानिक विचार निक्र्योल गर्न लामो समय लाग्छ सायद धेरै पुस्ता । सबै धर्महरु रुढिवादी र झुटा हुन् ।

सत्य विज्ञानमा आधारित छ– जो निरन्तर विकसित भइरहको छ । यदि कुनै देशले उन्नति गर्ने हो भने हामी धर्मबाट विज्ञानतर्फ उन्मुख हुनुपर्छ ।
(लेखक कात्जु भारतको सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश हुन् ।)

अनुवादक ः एस. बुडाथोकी

Facebook Comments