सान नेपाल
गौरादह, १५ भदौ । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) को गौरिगन्ज गाउ अधिवेशन सप्पन्न भएको छ ।
गौरीगन्ज–६ मा सम्पन्न कार्यक्रममा दिपेन्द्र यादवको अध्यक्षतामा सर्वसम्मत रूपमा १५ सदस्यीय नगर समिति घोषणा गर्दै सप्पन्न गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा केशव कार्की रहेका छन् भने सचिवमा रामसिंह गनगाइ, सह(सचिव मनोज निरौला, कोषाध्यक्ष सबिना राजवंशी त्यसैगरि सदस्यहरुमा सालु दर्नाल, प्रतीक अर्जेल, सूवास घिमिरे, वालकृष्ण तिम्सिना, भानुभक्त सुवेदी, सौगात थापा, युवराज चम्लगाइ, मनराज ताजपुरिया, दिनेश यादव, र विरेन यादव रहेका छन् ।
कार्यक्रममा आफ्ना धारणा राख्दै झापा जिल्ला अध्यक्ष होमनाथ खतिवडाले १५ वर्ष अगाडि स्थापना भएको इस्टुको उद्देश्य माथी चर्चा गर्दै इस्टुले निजि शिक्षण संस्थामा कार्यरत शिक्षक कर्मचारीको हकहितमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा उल्लेख गरिएका हकहितका बारेमा प्रकाश पार्दै उनले प्याब्सन र एन प्याब्सनले महत्त्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
कार्यरत शिक्षक लाई नियुक्ति पत्र दिइनुपर्ने जिकिर गर्दै नेपाल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । न्युनतम तलब १३ हजार ५ सय हुनुपर्ने अनिवार्य व्यवस्था लाई लागू गर्न संगठनले दबाब दिइरहेको जानकारी गराए । सामाजिक सुरक्षा कार्यक्रमले १५ वर्ष सेवा गरे पस्चात पेन्सनको व्यवस्था गरेको, निजामती कर्मचारी सरह समान हैसियत रहने, औषधि उपचार बापतको खर्च सुबिधा पाइने, दुर्घटना भए वा दीर्घ रोग लागेमा आकस्मिक खर्च र उपचार खर्च प्राप्त गर्न सकिने लगायतको गौरवान्वित कार्यक्रम कार्यविधिमा रहेको प्रकाश पारे ।
इस्टुले सम्पूर्ण शिक्षकहरूको हितमा काम गर्छ, कानुनले दिएको अधिकारहरु लडेर लिन हामी सामर्थ्य राख्छौ, खतिवडाले भने ।संगठन नभए बाच्न नसकिने भन्दै उनले इस्टुले राजनीति गर्दैन तर शिक्षक हकहितका लागि जुनसुकै मूल्य चुकाउन तैयार रहेको बताए ।
कठोर संघर्षपुर्ण अध्याय पार गरेको इस्टुलाई सामान्य संगठनको रूपमा नलिन आग्रह गरे । जिल्ला समितिले सञ्चान गरेका महत्त्वपूर्ण कार्यहरूको चर्चा गर्दै सम्पूर्ण शिक्षकहरु संस्थामा निर्ढुक्क साथ आवद्ध हुन आग्रह गरे ।
दशैं खर्च दिन नचाहने बिधालय तर्फ इंगित गर्दै खतिवडाले श्रम ऐन ले व्यवस्था गरेको एक महिना तलब बराबरको दशैं खर्च नदिने बिधालयलाई कानुनी दायरामा ल्याइने चिनौती दिए ।
प्रदेश नं. १ अध्यक्ष यादवराज अधिकारीले इस्टुको स्थापना गर्दाका संघर्षपुर्ण दिनहरुको स्मरण गर्दै अवको लडाइ निजि तहका शिक्षक लाई समाजमा स्थापित गर्नको लागि नै केन्द्रित हुने बताए । संगठनको आवश्यकता बारेमा प्रकाश पार्दै लोकतान्त्रिक संविधानले श्रमिकहरु लाई कानुनी रूपमा बलियो बनाएको धारणा राखे ।
आफू कार्यरत बिधालयले सेवा सुबिधा नदिए इस्टुलाई तुरुन्तै जानकारी गराउन आग्रह गर्दै अधिकारीले ढुक्क भएर संगठनमा आवद्ध हुन समेत आग्रह गरे । हामी संघर्षको अन्तिम लडाइँ लड्दैछौ, ऐन कानुन मिचेर अगाडि बढ्ने प्रयास कसैले पनि नगरुन, ध्यानाकर्षण गराए । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नेपाल सरकारको अत्यन्तै लोकप्रिय कार्यक्रम भएकोले यसलाई लागू गर्न नदिने गरि केही व्यक्तिहरु लागि परेको तर्फ सचेत रहनु पर्ने बताए । अधिकारीले प्याब्सन र एन प्याब्सन नै सामाजिक सुरक्षा कार्यक्रम प्रति सकारात्मक देखिएकोले ऐनकानुन संग कसैले पनि खेल्न नहुने धारणा राखे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै झापा जिल्ला सचिव रेवत खनालले दर्बिलो संगठनको रूपमा रहेकोे इस्टु लाई सम्पूर्ण शिक्षकहरुले विश्वास गरेर अगाडि बढ्न आग्रह गरे । प्याब्सन र एन। प्याब्सन संग आफुहरु मिलेर अगाडि बढ्न चाहेको बताउदै उनले सांगठनिक शक्ति नै सर्वोच्च शक्ति भएको दावी गरे ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष दीपेन्द्र यादवले शिक्षण संस्थाहरु संग समन्वय गर्दै शिक्षकहरुको हकहितमा डटेर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
रामसिंह यादवले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य वालकृष्ण दाहाल, जिल्ला कोषाध्यक्ष राजन निरौला, प्रदेश उपाध्यक्ष दुर्गा कोइराला, जिल्ला सदस्य तथा कमल गा। इन्चार्ज दिपक खड्का लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।