add
मनोरञ्जन विशेष स्थानीय खबर

झापाली र्यापर ढुंगानाले निकाले ‘पूर्व’

अनिल वाग्ले
बुधबारे, १६ भदौ ।
र्यापर फरेन्द्र ढुंगानाले आप्mनो नयाँ एल्वम ‘पूर्व’ सार्वजनिक गरेका छन् ।

झापाली ढुंगानाले जम्मा पाँचवटा गीत समेटेर आप्mनो नयाँ एल्बम ‘पूर्व’ बजारमा ल्याएका हुन् । उनको एल्बममा ब्रो ब्रो बढी भो, आइ डन्ट वाना फेल इन लभ, म्यासेज, खिच्चा र दुई दिमाग भन्ने गीतहरु समावेस गरिएका छन् ।

गायनको क्षेत्रमा फरक ढंगले पहिचान बनाउँदै लगेका ढुंगानाले आपूmले एल्बममा उत्कृष्ट गीतहरु समावेश गरेको बताएका छन् । हालै युट्युव मार्फत सार्वजनिक गरिएको सो एल्बममा ब्यङ्गात्मक, प्रेम गीत, प्रकृतिसँग सम्बन्धित विषय वस्तु लगायतलाई समेटेर गीतहरु बनाएका हुन् ।

सानैदेखि गायन क्षेत्रमा रमाउन चाहने ढुंगानाले संगीतलाई नै करियर बनाउने लक्ष्यका साथ आफू लागि परेको बताएका छन् ।

Facebook Comments