add
समाज

उर्लाबारीमा तास खेल्ने दश जना पक्राउ

उर्लाबारी, २५ भदौ । तास खेलिरहेको अवस्थामा १० जनालाई मंगलबार प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ । उर्लाबारी चोकमा रहेको सम्राट होटलमा राति साढे १२ बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा उर्लाबारी–३ का सन्तोष राई, दिनेश थापा, जाइतो चेम्जोङ्ग, उर्लाबारी–५ का कृष्ण अधिकारी, विशाल राई, उर्लाबारी–७ का मोहन कटवाल, अशोक राई, पथरीशनिश्चरे–१ का नगेन्द्र लिम्बु, राजु बराल र पथरीशनिश्चरे–६ का आकाश थापा रहेका छन् । तीमध्ये एकजना होटलका व्यवस्थापक समेत छन् ।

राती हो–हल्ला भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईको कमाण्डमा प्रहरी टोली सम्राट होटल पुगेका थिए । सम्राट होटलबाट उनीहरुलाई तास र नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक राईले बताए । प्रहरीले उनीहरुको साथबाट नगद तीन लाख ३७ हजार एक सय ५५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरु उपर जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

Facebook Comments