add
समाज

सुर्के खोलामा बाढीले पुल बगाउँदा आवागमन अवरुद्ध

सोलुखुम्बु, २७ भदौ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ ।

रातिदेखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर मानव आवागमन भने सुचारु गरिएको तथा बाढीले सुर्के खोला पेल्ट्री सेटको पाईप र ट्याङ्की बागाउदा ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Facebook Comments