add
समाज स्थानीय खबर

चन्द्रगढी सावको साधारणसभा

भद्रपुर, २८ भदौ । चन्द्रगढी वन उपभोक्ता समितिको २० औं साधारण सभा सम्पन्न गरिएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा सम्पन्न साधारण सभाको उद्घाटन प्रदेश संसद श्रीप्रसाद मैनालीले गरेका थिए ।

समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका जिल्ला सदस्य राजेन्द्र रिजाल, जिल्ला वन महासंघ झापाका अध्यक्ष वेद प्रकाश भण्डारी, सुन्दर सामुदायिक वन समूहकी अध्यक्ष रेनुका उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा साँगठनिक प्रतिवेदन अध्यक्ष हिराप्रसाद पोखरेल, वार्षिक आय व्यय समितिका कोषाध्यक्ष अनुज खतिवडाले प्रस्तुत गरेका थिए ।

Facebook Comments