add
समाज

अरुण नदीमा पौडी खेल्ने क्रममा कामदारको मृत्यु

संखुवासभा, २८ भदौ । खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ घर भई संखुवासभाको मकालु गाउँपालिका–५ मा रहेको अरुण थर्ड शाखा एस्एम राज कम्पनीका कामदार ३५ वर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका–५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो ।

सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Facebook Comments