भद्रपुर, १ असोज । जागरण अभियान अन्र्तगत नेपाली कााग्रेस भद्रपुर १ र २ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीमा आबद्ध १६ जना व्यक्ति काँग्रेसमा प्रवेश गरेका छन् ।
झापा क्षेत्र नम्बर ३ प्रदेश सभा १ का सभापति चिन्तामणि खरेलको अध्यक्षता तथा नेपाली काँग्रेस झापा जिल्ला सचिव तारावीर कटुवालको प्रमुख आतिथयमा पृथ्वीनगरमा सम्पन्न कार्यक्रममा नेकपा लगायत पार्टी परित्याग गरी १६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा सय वर्षीया पूर्णमाया विश्वकर्मावीर बहादुर विश्वकर्मा बालकुमार, कमल बिक, सुनिता विक, सरोज विक लगायत रहेका छन् ।
वडा सभापति दधिराम मिश्रले स्वागत गरेको कार्यक्रममा क्षेत्रीय सभापति गणेश पोखरेल, तरुण दलका क्षेत्रीय सभापति खड्ग लिम्बू, लगायतले शुभकामना मनतव्य राख्दै गुटगत सोचबाट माथि उठे काँग्रेसमाथि जनविश्वास तीव्र गतिमा बढ्ने धारणा राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।