add
समाज

पाँचथरमा भिरबाट लडेर १ जनाको मृत्यु

पाँचथर, २ असोज । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ केरावारीका ७६ वर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ ।

बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments