add
समाज

ठुलो परिणामको पटकासहित दुई जना पक्राउ

सुनसरी, २ असोज । सुनसरीको ईटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित कोशी गाउँपालिका–६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Facebook Comments