दमक, ५ असोज । दशै, दिपावली लगायतका चाडपर्वका अवसर पारेर दमकमा यसवर्ष पनि दोश्रो मिडीयाकप फूटसल प्रतियोगिता–२०७६ हुने भएको छ ।
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले अघिल्ला वर्षझै यसपटक पनि मिडीया हाउसका पत्रकारहरुवीच फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको यूनियनका अध्यक्ष विष्णु सुब्बाले वताएका छन् । प्रतियोगिता यहि असोज १६ गते विहिबार दमक ९ स्थित रणभूमि फूटसल मैदानमा एकदिवसीय प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता सम्पन्न गर्न यूनियनका जिल्ला सदस्य विष्णु पौडेलको संयोजकत्वमा पाँच सदस्यीय एक तयारी उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यहरुमा कुसुम तामाङ्ग, आत्माराम राजवंशी,झगेन्द्र खड्का र वेनु प्रसाई रहेका छन् ।
संयोजक पौडेलका अनुसार प्रतियोगितामा विजेता हुने टिमले नगद १५ र उपविजेताले १० हजार नगदसहित प्रमाणपत्र,ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा माइपश्चिम क्षेत्रका विभिन्न आठ वटा मिडीया हाउसको सहभागिता रहने जनाईएको छ ।
यसैगरी सोही दिन नै यूनियनले बडादशैको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने अध्यक्ष सुब्बाले जानकारी दिए । मिडीयामा आवद्ध पत्रकारहरुवीच खेलकुदसंगै शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्य राखेर यसवर्ष पनि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।