add
Uncategorized विचित्र विश्व

कहिल्यै बुढी नहुने संसारकै सबैभन्दा सुन्दर महिला

एजेन्सी, ८ असोज । विश्वका सवैभन्दा सुन्दर र बुढ्यौलीले प्रभाव नपार्ने महिला पाकिस्तानमा पाइएको एक अनुसन्धानले बताएको छ । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्छन ।

अनुसन्धानकाअनुसार दुनियाका सबैभन्दा सुन्दर मानिएको ती महिला कहिल्यै बुढी हुँदैनन् र रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् । उक्त समुदायका महिलाहरु वास्तवमै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुने गरेको छ ।

हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यै पनि बिरामी हुँदैनन् । यो समुदायका मानिसमा कसैलाई पनि क्यान्सर छैन र यो समुदाय क्यान्सर प्रतिरोधी भएको ठानिएको छ ।

आफुलाई सिकन्दरका सेनाका सन्तानको रुपमा लिने यो समुदायका महिलाहरु १ सय ६० वर्षसम्म मज्जाले बाँच्छन् । यहाँको औषत आयु नै १२० वर्ष छ । यि यस्तो नश्लका महिलाहरु हुन जो ६५ वर्षसम्म बच्चा जन्माउन सक्छन् । उनीहरु सदावहार देखिन्छन् र स्वस्थ हुन्छन् । खानपान र वातावरणले उनीहरुलाई निकै स्वस्थ र तन्दुरुस्त बनाएको छ । जसका कारण लामो समय बाँच्छन् र ढिलोसम्म बच्चा जन्माउँछन् ।

यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको प्रमुख कारण उनीहरुको खाना नै हो । उनीहरु धेरै मात्रामा ओखर खान्छन् । सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ पनि उनीहरुले प्रसस्तै खाने गरेकों तथ्य पाइएको छ ।

Facebook Comments