भद्रपुर, ९ असोज । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भीमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् ।
वडा स्तरीय खेलकुद विकास समिति घेरावारी कचनकवल १ को आयोजनामा अशोज ११ गते समापन हुने गरी सुरू भएको नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भद्रपुर ३ को भिमनगर फुटवल क्लब तथा कचनकवल ४ को बनियानी युथ क्लब भिड्ने भएका हुन् । यस अघि सम्पन्न सेमी फाइनल खेलमा आयोजक घेरावारी क्लवलाई बनियानी युथ क्लबले २ का बिरूद्ध ४ गोल अन्तरले जित्न सफल भएको थियो भने कचनकवल फुटबल क्लवलाई ० का बिरूद्ध ९ गोल गरी भिमनगर फुटवल क्लब फाइनलगमा पुगेको होे ।
घेरावारी स्थित देउराली सामुदायिक वनको खेल मैदानमा भइरहेको खेलको उद्घाटन कचनकवल १ का वडाध्यक्ष लक्ष्मीनारायण यादव तथा वडा स्तरीय खेलकुद समितिका अध्यक्ष सत्यनारायण यादवले सम्युक्त रूपमा गरेका थिए । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार हित शिल्ड प्रदान गरिने छ भने उपविजेताले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।