विशेष स्वास्थ्य

डाक्टर गोविन्द केसीको २७ दिने अनसन तोडियो, २२ बुँदे सहमति

काठमाडौं, १० साउन । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् ।

समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् ।

केसी २७ दिनदेखि आमरण अनसनमा रहेका थिए । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो ।

पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो ।

Facebook Comments