add
खेलकुद विशेष स्थानीय खबर

झापा स्पोर्टस् अवार्डः एस्तर र उमेश वर्ष उत्कृष्ट

बिर्तामोड, १३ असोज । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् ।

शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।

स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी करा“ते खेलाडी एस्तर राईले जितिन । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन ।

त्यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैया“ प्राप्त गरिन ।

बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करा“तेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे । खड्काले नगद २५ हजार रुपैया“ हात पारे । पिपुल्स च्वाइ“जको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैया“ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिवलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैया“ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

Facebook Comments