add
स्थानीय खबर

दमकमा माछा मार्दा करेन्ट लागेर मृत्यु

बिर्तामोड, १६ असोज । झापाको दमक नगरपालिका–५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडि नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडेर करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते माझीको दमकको लाइफ लाइन अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments