add
विशेष स्थानीय खबर

भद्रपुरबाट बिर्तामोड ल्याउँदै गरेको पाँच लाखको अवैध कपडा बरामद

बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड नगरपालिका–७ स्थित गरामनीबाट रू पाँच लाख बराबरको अवैध लत्ता कपडा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्ने क्रममा अवैध कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त भेनबाट साडी, मर्फिनको कपडा तथा सुतीको दरी गरी करिब रू पाँच लाख बराबरको कपडा बरामद गरिएको हो । बरामद भएको सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने कार्यालयले जनाएको छ ।

Facebook Comments