add
अर्थ विशेष स्थानीय खबर

टीभीएसको दशैंको दौड अफर: कनकाईका भोलानाथले पाए एनट्रक स्कुटी सित्तैमा

बिर्तामोड, १६ असोज । टीभीएसको दशैंको दौड अफर अन्तरगत कनकाई–६ का भोलानाथ खड्काले टीभीएसको एनट्रक स्कुटी सित्तैमा पाएका छन् । २ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने उक्त स्कुटी अफर अन्तरगत सित्तैमा पाएका हुन् ।

खड्काले टीभीएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथीभरा आटो लिंक (टीभीएस सोरुम)को मातहतमा रहेको कनकाई–३ स्थित श्री अटो लिंकबाट स्कुटी खरीद गरेका थिए । खड्का स्कुटी खरीदपछि गरिएको लक्की ड्रमा शतप्रतिशत क्यास ब्याक पाएका हुन् ।

अफर अन्तरगत आफूले स्कुटी सित्तैमा पाइएकोमा आफूलाई असाध्यै खुसी लागेको खड्काले बताए । ‘स्कुटी किन्दा छुट हुन्छ भन्ने थाहा थियो’, उनले भने, ‘तर, पूरै छुट हुन्छ भन्ने लागेको थिएन, अहिले मलाई धेरै खुसी लागेको छ ।’

अफर अन्तरगत खड्काले किन्नु अघि नै अनलाइन स्क्र्याचमार्फत् ६ हजार रुपैयाँ पुरस्कार पाएका थिए भने खरीद खरीद गरिसकेपछि लक्की ड्रमा शतप्रतिशत क्यास ब्याक पाएको सञ्चालक याम कार्कीले बताए ।

‘मोटरसाइकल वा स्कुटी खरीद गर्नु अघि नै घरमै बसेर एक हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिन्छ’, अर्का सञ्चालक विपिन बस्नेतले भने, ‘खरीद गरिसकेपछि पुनः लक्की ड्र मार्फत् शतप्रतिशत क्यास ब्याक पाउन सकिन्छ ।’
गत भदौ ६ गतेदेखि लागू भएको यो अफर छठ पर्वसम्म रहने अर्का सञ्चालक हेम खड्काले बताए । त्यस्तै, टिभीएसले एक्चेन्ज अफर पनि ल्याएको छ । पुरानो गाडीको उचित मूल्याकंन गरी नयाँको खरीदमा नगद छुट र फाइनान्सको समेत सुविधा रहेको सञ्चालक सजेश शिवाकोटीले बताए ।

टीभीएसको एनट्रक स्कुटीमा फूल अप्सन रहेको छ भने मोबाइल चार्ज, जीपीआरए कनेक्सन गर्न सकिन्छ । स्कुटीले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने जनाइएको छ ।

Facebook Comments