add
समाज स्थानीय खबर

यसरी भयो बिर्तामोडमा आज भारतीय नागरिकको मृत्यु

झापा, १६ असोज । झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भारत सिलगुडी स्थायी ठेगाना भएका ३२ बर्षीय काजी दासको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments