add
विशेष समाज स्थानीय खबर

कनकाईमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, २ जना घाइते

झापा, १७ असोज । झापाको कन्काई नगरपालिका–१ जामुनखाडी चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ७९०४ नम्बरका मोटरसाइकल चालक धरान–१३ का १८ वर्षीय अजिव राई र पछाडी सवार रहेका २२ वर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाइकल चालक बिराटनगर–७ का ४५ बर्षीय डम्बरबहादुर खड्का घाइते भएका थिए ।

घाइते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाइकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ दुवै मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेका छन् ।

Facebook Comments