add
विशेष समाज स्थानीय खबर

झापामा करेन्ट श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा, १७ असोज । झापाको कमल गाउँपालिका(३ केरखा बस्ने ६१ बर्षीय बिष्णु प्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छन् ।

आज बिहान पौने ८ बजेको समयमा आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णु प्रसादलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने निजकै श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments