add
विशेष समाज स्थानीय खबर

दशैं बिदामा सरकारी गाडीः घरायसी प्रयोजनदेखि व्यापारिक कारोबारसम्म !

भद्रपुर, २६ असोज । सरकारी सम्पत्ति दुरूपयोग गर्ने प्रवृत्ति रोक्ने निकायको कमजोरीले सार्वजनिक बिदाका बेलामा पनि सरकारी गाडीको दुरुपयोग रोकिएन ।

दशैं बिदाका बेला सरकारी गाडी घरायसी प्रयोजनदेखि व्यापारिक कारोबारसम्म प्रयोग भए पनि नियामक रमितेमात्र बनिँदा सरकारी गाडी दुरूपयोग यस पटक पनि फस्टाएको हो ।

जनताको करबाट किनिएका साना सवारी साधनदेखि ठूला र महँगा सवारीका साधन व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहे पनि झापा प्रशासनको दृष्टि त्यस्ता साधनमा परेन । प्रहरीदेखि स्थानीय सरकारसम्मका सवारी साधन नेपाल तथा सिमावर्ती भारतीय बजारसम्म किनमेल गर्न, व्यक्तिगत प्रयोजनका सामग्री खरिद गर्न, आफन्तलाई घुमाउन तथा व्यापारिक प्रयोजनका सामग्री ओसारपसार गर्न प्रयोग भइरहेका दृष्यले पुष्टि गरेको छ ।

यसैबीच, झापा प्रहरीको गाडी चियाको पत्ती ओसार्न प्रयोग हुने गरेको पाइएको छ भने भद्रपुर नगरपालिकामा रहेका अधिकांश मोटरसाइकल तथा गाडीहरू कर्मचारी तथा जनप्रतिनिधिका व्यक्तिगत काममा प्रयोग भइरहेको पाइएको छ ।

Facebook Comments