add
समाज

तीन लाखको अबैध समान बरामद

मोरङ, २६ असोज । मोरङको बिराटनगर महानगरपालिका–१० तिन टोलियाबाट ३ लाख बराबरको अबैध समान बरामद भएको छ ।

हिजो बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको तामा तथा पित्तलको भाडा र तयारी पोशाक बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments