add
विशेष समाज स्थानीय खबर

१२औँ वर्षमा सनराइज बैंक

बिर्तामोड, २६ असोज । ‘समृद्ध नेपालको सहयात्रामा सनराइज बैङ्क, हामी सँग-सँगै’ भन्ने नाराका साथ बैंकले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा शनिबार देशैभरिका शाखा बैङ्कहरुले बृहत र्यालीको आयोजना गरेको छ ।

बिर्तामोड नपा ४ मा रहेको सनराइज बैङ्कको शाखा कार्यालय तथा झापाका ६ वटा शाखाहरु र इलामका एक शाखाको संयुक्त आयोजनामा प्रभात फेरी कार्यक्रम बिर्तामोडमा निकालिएको थियो ।

काठ्माडौँको गैरीधारामा केन्द्रीय कार्यालय रहेको सनराइज बैङ्क हाल नेपालभरमा १२२ वटा शाखाहरु सञ्चालनमा आएका छन् ।
बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत डेंगु सचेतना कार्यक्रम, बृद्धबृद्धालाई आर्थिक सहयोग, बिर्तामोडको मारवाडी सेवा समाजलाई आर्थिक सहयोग गरेको बिर्तामोड शाखाका डिपोजिट रिलेसनसिप मेनेजर श्यामकुमार गुरुङले जानकारी दिनुभयो ।

बैङ्कले कृषि क्षेत्रलाई प्राथमिकताका साथ कर्जा उपलब्ध गराउदै आएको छ । साना तथा मझौला व्यापारीका लागि आर्थिक बित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम, स्वास्थ्य बिमा, दुर्घटना बिमा, बिपन्न वर्गलाई कर्जा प्राथमिकताका साथ आफ्ना ग्राहकलाई सुविधा दिँदै आएको बिर्तामोड शाखा प्रमुख सुमन दाहालले बताउनुभयो ।

प्रभात फेरी र्यालीमा झापाका ६ वटा शाखा, बिर्तामोड, दमक, सुरुङ्गा, भद्रपुर, काँकरभिट्टा, बुधबारे र इलाम शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments