अनिल वाग्ले
बुधबारे, २७ असोज ।
हाम्रो सुन्दर बुद्धशान्ति शान्तिकै बास छ
नदीनाला फाँट मैदान स्वर्ग झैं आभास छ
उत्तर प¥यो जोर कलश इलाम सिमाना
अलि तल वर्नेको चिया बगान…
गीतकार राजा माबोको यस्तै यस्तै शव्दले सिँगारिएको ‘हाम्रो सुन्दर बुद्धशान्ति’ गीत सार्वजनिक भएको छ ।
बुद्धशान्ति गाउँपालिकाको महत्व, परिचय र चिनारी झल्कने सो गीत गीत युट्युव मार्फत हालै सार्वजनिक भएको हो । बुद्धशान्ति गाउँपालिका क्षेत्रका महत्वपूर्ण स्थलहरुका नाम समेटेर निकै गहन शव्दले गीत लेखिएको छ । गीतले बुद्धशान्ति गाउँपालिकालाई सृंगारेको छ ।
यस क्षेत्रका महत्वपूर्ण स्थानहरुका साथ यसको भूगोललाई पनि गीतले समेट्ने प्रयास गरेको छ । गायक प्रेम ल्वागुन (अधुरो) र गायिका लीला राईले स्वर भरेको सो गीतले बुद्धशान्ति गाउँपालिकाको पहिचान झल्काएको छ ।
मनोज सङसोङ राईको संगीत रहेको सो गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् भने रेकर्ड सुरेश राईले गरेका हुन् । इडिटिङ डिलाईट क्रिएसन बुधबारेले गरेको हो । घनश्याम ढकाल र धन खिलिङले दृश्य संकलन गरेका छन् ।
सानै देखि संगीतको दुनियाँमा छिरेका राजाले दर्जनौं गीत लेखिसकेका छन् । पूर्वेली भाकामा गीत लेख्न मनपराउने राजा मावो गहन शब्दलाई सरल ढंगले गीतमा उतार्न माहिर छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।