भद्रपुर, २० कात्तिक । भद्रपुर–३ स्थित सूर्यनगर कृयाशील टोल विकास संस्थाको आयोजनामा टोल विकास संस्था स्तरीय टुर्नामेन्ट फुटवल प्रतियोगिता सम्पन्न गरिएको छ ।
३ नम्बर वडा भित्र रहेका ६ वटा टोल विकास संस्थाले भाग लिएको फुटवल प्रतियोगिताको उपाधी १० नम्बर ब्लक टिमले हात पारेको छ ।
दुई दिनसम्म चलेको प्रतियोगितामा विजेता टिमलाई वडाध्यक्ष कमला थुलुङ तथा आयेजक टोल विकासका अध्यक्ष नरदीप योङहाङ लिम्बूले सम्युक्त रूपमा हस्तान्तरण गरेका थिए थिए । सोही अवसरमा वडा भित्रका अग्रज जेष्ठ नागरिकलाई एक/एक जोर चप्पल प्रदान गरी सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा ९७ वर्षीय रत्नबहादुर लिखिम लिम्बू लगायत ३१ जना रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।