add
समाज स्थानीय खबर

बिर्तामोड र केर्खामा दुई जनाको शव फेला

बनियानी, २२ कात्तिक । झापाको बिर्तामोड नगरपालिका र कमल गाउँपालिकामा एक/एक जना मृत फेला परेका छन् ।

बिहीबार बिर्तामोड–६ का सुरज राजवंशीको घरमा डेरागरी बस्दै आएका भारत राजस्थान ग्रामपञ्चायत दयालपुरका ४५ वर्षीय भागचन्द्र शर्मा आफ्नै कोठामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।
उता, झापा कमल गाउँपालिका–३ स्थित केर्खा बजारबाट कमल–२ समयगढका ५५ वर्षीय फतबहादुर महतराको शव फेला परेको छ ।

महतरा दुई÷तीन महिना अघिदेखि उक्त क्षेत्रमा मागी खाई हिँड्ने गरेको र बिहीबार चौतारामा सुतेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments