add
राजनीति

मन्त्रिपरिषद पुनर्गठनका लागि आज प्रधानमन्त्री ओलीले डाके बैठक

काठमाडौं, २५ कात्तिक । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार (आज) बस्दैछ ।

आइतवार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच लामो छलफल भएपछि सोमबार बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन । सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद पुनर्गठनका विषयमा पनि छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार आइतबार प्रचण्डसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सहयोगीको राजीनामाका विषयमा जानकारी गराएका थिए । साथै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा पनि प्रचण्डसँग छलफल गरेका थिए । यिनै विषयमा छलफल गर्न आज सचिलय बैठक बोलाइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को बोल्ड डिसिजन गर्दै आएका छन् । सरकारले कामको गति दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सबै सदस्यलाई राजीनामा दिन लगाइसकेका छन् ।

Facebook Comments