शिक्षा स्थानीय खबर

शुल्क बृद्धिको विरोध गर्दै झापाका स्थानीय तहमा ज्ञापनपत्र, माग पूरा नभएसम्म आन्दोलन जारी रहने

add

खुदुनाबारी, १४ साउन । शैक्षिक क्षेत्रमा चर्को शुल्क बृद्धिको विरोधमा अखिल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा अर्जुनधारा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

यी दुई संगठन दोस्रो चरणको आन्दोलनमा निस्केको जनाउँदै उनीहरुले नगर प्रमुख हरि कुमार रानालाई कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझेपछि प्रमुख रानालाई शैक्षिक गुणस्तर सुधार गर्ने आफू दृढ संकल्पित भएको बताउँदै नगरमा नियमन र निरीक्षण गर्नेका लागि व्यवस्थापन निर्माण गरेर अगाडि बढेको बताए ।

प्यासन र एनप्यासनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्यापसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको विद्यार्थी संगठनले जनाएको छन् ।

संगठनले यस अघि स्थानीय तहमा बुझाएको ज्ञापन पत्रको कार्यान्वय नभएका कारण पुन नगरप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारी झापा अध्यक्ष अनिल सुवेदीले बताए ।

विदेश पढ्न पठाउँने कन्सलटेन्सीको माध्यमबाट विद्यार्थीहरु विदेश पढ्न जाँदा अलपत्र भएका कारण यसलाई पनि रोक्नका लागी स्थानीय सरकार गम्भीर हुनुपर्ने माग राख्दै आदोलनका कार्यक्रम अगाडी बढाइएको अखिल सचिव राजेस कार्कीले बताए ।

झापाका सम्पुर्ण स्थानीय तहका नगरप्रमुख समक्ष आइतबार विद्यार्थी नेताहरु पुगेर ज्ञापन पत्र बुझाएका छन् । क्यापसको शुल्क बृद्धि र कन्सलटेन्सीको लापारही तत्कालन रोक्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको अखिल अध्यक्ष दुर्गा धमलाले जानकारी दिए ।

Facebook Comments