add
मनोरञ्जन विशेष

यी हुन् विश्वकै कामुक शाकाहारी सुन्दरी

एजेन्सी, ११ पुस । पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले संसारकै कामुक शाकाहारी व्यक्तिको उपाधी पाएकी छन् । उनलाई पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा) ले सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो ।

छिल्लर पहिलेदेखि नै शाकाहारी हुन् । शाकाहारी भएर पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिने छिल्लर बताउछिन् । उनले आफुले कहिल्यै पनि शाकाहारी महशुस नभएको बताएकी छन् । उनले शाकाहारी हुनु आफ्नो बाँच्ने तरिका भएको तथा अभिभवाक पनि शाकाहारी नै भएको बताएकी छन् ।

उनको कामको कुरा गर्नु पर्दा ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड डेब्यु गर्न लागेकी छन्, जसमा बलिउड सुपरस्टार अक्षय कुमारसँग स्क्रिन शेयर गर्ने बताइएको छ ।

Facebook Comments