शिक्षा

शैक्षिक परामर्श सञ्चालन नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ, १५ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएको हुनाले काम रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो ।

उहाँले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गर्नुभएको छ । उहाँले विनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारवाहीसमेत हुने बताउनुभयो ।

Facebook Comments