शिक्षा स्थानीय खबर

विद्यार्थीसँग वर्ता गर्न बिर्तामोड नगरपालिकाको वार्ता समिती गठन

add

बिर्तामोड, १५ साउन । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न माग राखी आन्दोलनरत विद्यार्थी संगठनहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।

अनेरास्वबियु र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग र आन्दोलनका कार्यक्रम तय गर्दै नगरपालिकामा ज्ञापनपत्र दिएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले नगर शिक्षा अधिकारी युवराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको शिक्षा समितिको बैठकको निर्णय अनुसार गुरुभक्त न्यौपाने, उमानाथ ओली, कृष्णप्रसाद पाठक र युवराज कट्टेल रहेको वार्ता समिति गठन गरिएको छ ।

Facebook Comments