add
समाज स्थानीय खबर

झापा, धनकुटा र सोलुखुम्बू भिन्दा भिन्दै घटनामा ४ जनाको मृत्यु

बिर्तामोड, २६ पुस । १ नम्बर प्रदेश अन्तर्गतका ४ छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

हिजो राती पौने १० बजेको समयमा झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई ग्एद्दछम्ज्ञटढघ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक बारा काँकडी–७ बस्ने बर्ष ४० को रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक देश भारत जिल्ला मधुबनी बस्ने वर्ष ४८ को नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका छन् ।

यसैगरी झापाकै दमक नगरपालिका(४ कृष्ण मन्दिर अगाडी पूर्व पस्चिम राजमार्गमा आज बिहान साढे ६ बजेको समयमा पूर्वबाट पस्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको टिपरले स्थानीय बर्ष ६९ की तुलसा गौतमलाई ठक्कर दिएको थियो ।

ठक्रबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टिपर, टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ बस्ने बर्ष ४० कृष्ण बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनकुटाको चौबिसे गाउँपालिक–८ एसपीमोर्ड स्थित भेडेटार स्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजेको समयमा ना७ख ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटा बाट छ नम्बर बुधबारे जादै गर्दा ट्रनिङ मोर्डने क्रममा टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टना गई बर्ष ३५ को सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

टेलर चालक संखुवासभाको धर्मदेवी नगरपालिका-९ आँखिभुई बस्ने बर्ष ३१ को बिन्दुराज महत ईलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा रहेका छन् ।

यस्तै, सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका-४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाचिएर तल झर्दा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो पौने ३ बजेको समयमा सोही गाउँपालिका(४ फोर्त्से ठागा घर भएका बर्ष ४० को पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा रहेको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट १०० मिटर तल खसे पश्चात उनलाई उपचारकोलागी खुन्दे अस्पताल खुम्जुङमा पुर्याठउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।

Facebook Comments