add
स्थानीय खबर

खुदुनाबारी कृषक समूह पशु पकेटको साधारणसभा

अर्जुनधारा, २६ पुस । झापाको अर्जुनधारा–२ स्थित खुदुनाबारी कृषक समूह पशु पकेट कार्यक्रमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार खुदुनाबारीमा आयोजित एक कार्यक्रमका बीच कृषक समूहको साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उत्कृष्ट कृषकलाई सम्मान गरेका थिए । कार्यक्रममा कृषक मानबहादुर भट्टराई, राजेन्द्र वाग्ले, केदार घिमिरे, डम्बरकुमारी भण्डारी, कल्पना श्रेष्ठ, धनबहादुर सार्की, मानबहादुर तामाङ, केशव पौडेल, भीमप्रसाद घिमिरे, रुद्र तामाङलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उप–प्रमुख कमला खतिवडा, साना किुसान सहकारी संस्थाका अध्यक्ष ज्ञानु खनाल, नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख पदम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

खुदुनाबारी कृषक समूहका अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष मदन उप्रेतीले गरेका थिए ।

Facebook Comments