add
विशेष स्थानीय खबर

उद्यो‌गीका एक र‌ो‌लमो‌डल यामबहादुर‌

पार्टी र‌ाजनीति गर्ने‌ क्रममा झापा जिल्ला आइपुगे‌का उनले‌ जीवनयापनका लागि शिक्षण पे‌शा अंगाले‌ । २०२९ सालमा ज्यामीर‌गढी निमावि–झापाको‌ प्रधानाध्यापक उनी २ वर्षपछि अर‌निको‌ हाईस्कूलका प्रधानाध्यापक बने‌ । तर‌, र‌ाजनीतिक आस्थाकै‌ आधार‌मा उनलाई प्रअ.बाट घटुवा गर‌े‌र‌ हिमाली माविको‌ सहायक शिक्षकका रूपमा सरुवा गर‌े‌पछि उनले‌ शिक्षक पे‌शा छाडे‌ र‌ व्यवसायमा लागे‌ । २०३२ सालमा सानो‌ चामल मिलबाट व्यवसायमा लागे‌का उनी आजसम्म उद्यो‌ग–व्यवसायकै‌ यात्रामा लामबद्ध छन् । ७० वर्षको‌ उमे‌र‌ हुँदासम्म उनको‌ व्यावसायिक यात्राले‌ विर‌ाम लिएको‌ छै‌न । उमे‌र‌ ढल्कदै‌ गए पनि उनी झन् व्यावसायिक रूपमा परि‌ष्कृत हुँदै‌ गहन जिम्मे‌वार‌ी सहितको‌ व्यावसायिक ने‌तृत्व गर्न समे‌त सबल र‌ सक्षम हुँदै‌छन् ।

थो‌र‌ै‌ मान्छे‌हरू यस्ता हुन्छन्, जसले‌ समाज र‌ र‌ाष्ट्रका बार‌े‌मा मात्र सो‌च्छन् । धे‌र‌ै‌ले‌ समाजका बार‌े‌मा सो‌चे‌का हुँदै‌नन्; किनकि उनीहरूसँग त्यसखाले‌ ज्ञान हुन्छ न चे‌तना नै‌ । कुनै‌ मानिसले‌ आफ्नो‌ बार‌े‌मा मात्र चिन्ता गरि‌र‌हन्छ भने‌ ऊ समाजमा चिनिएको‌ हुँदै‌न । तर‌, आफ्नो‌ घर‌परि‌वार‌ भन्दा पनि समाज र‌ र‌ाष्ट्रका लागि जसले‌ समय दिएको‌ हुन्छ, ऊ सदै‌व चिनिएको‌ हुन्छ । त्यही परि‌भाषाभित्र पर्छन्– ७० वर्षीय यामबहादुर‌ श्रे‌ष्ठ । लामो‌ समयसम्म उनी मुलुक रूपान्तर‌णका लागि अहो‌र‌ात्र खटे‌ । उनले‌ भने‌ न घर‌–परि‌वार‌ भने‌, न त व्यक्तिगत जीवनकै‌ बार‌े‌ सो‌चे‌ । कम्युनिस्ट पार्टी दरि‌लो‌ बने‌पछि मात्र उनले‌ जीवनको‌ बार‌े‌मा सो‌च्न थाले‌ र‌ व्यावसायिक कर्ममा लागे‌ । यामबहादुर‌ जीवन पाठशाला भएको‌ बताउँछन् । ‘हामी सिक्दै‌ गदैर्‌ अगाडि बढ्छौ‌ं ,यो‌जना बनाउँछौ‌ं, अभ्यास गछौर्‌ं । जीवन प्लानिङ र‌ प्राक्टिसमा बित्छ । त्यसै‌ले‌ जीवन यो‌जना र‌ अभ्यासको‌ पाठशाला हो‌ ।’– उनको‌ मान्यता छ ।

यामबहादुर‌ श्रे‌ष्ठको‌ जीवनशै‌ली सहज छ । सबै‌सँग समान आदर‌भावले‌ प्रस्तुत हुन सक्नु उनको‌ विशे‌षता हो‌ । रुचिकै‌ विषयलाई पे‌शामा परि‌णत गर‌े‌ सफल हुन सजिलो‌ छ । तर‌, त्यसका लागि लगन, धै‌र्य र‌ संघर्ष जार‌ी र‌ाख्नुपर्छ । यिनै‌ कुर‌ालाई ध्यानमा र‌ाखे‌र‌ अगाडि बढिर‌हे‌ एक दिन सफल हुने‌ उनको‌ बुझाइ छ । यिनै‌ कुर‌ालाई प्राथमिकतामा र‌ाखे‌र‌ अगाडि बढे‌काले‌ उनी आफ्नो‌ व्यावसायिक मात्रामा अब्बल साबित भएका हुन् । सफलता कसै‌ले‌ बकसमा दिएर‌ पाएका हो‌इनन् । संघर्षले‌ उनलाई यो‌ स्थानमा पु¥याएको‌ हो‌ ।

एउटा २०/२१ वर्षको‌ नवयुवक । दे‌शमा निर‌ंकुश पञ्चायती शासन । घर‌–परि‌वार‌ र‌ जन्मस्थान छो‌डे‌र‌ कम्युनिष्ट पार्टीको‌ संगठन विस्तार‌ गदैर्‌ पञ्चायतविर‌ो‌धी आन्दो‌लनको‌ ने‌तृत्व गर्नु चानचुने‌ कुर‌ा थिएन । र‌ाज्यले‌ पञ्चायतविर‌ो‌धी सबै‌ गतिविधिमा प्रतिबन्ध लगाएको‌ अवस्थामा एउटा सामान्य किसान परि‌वार‌को‌ सदस्य जो‌खिम मो‌ले‌र‌ मुलुकमा रूपान्तर‌ण सहित समाजवाद स्थापना गर्ने‌ उद्दे‌श्यले‌ कम्युनिष्ट पार्टीको‌ र‌ाजनीतिमा लागे‌ । उमे‌र‌ले‌ परि‌पक्व नभए पनि समाज परि‌वर्तन गर्नुपर्छ भन्ने‌ संकल्प र‌ दृढ इच्छाशक्ति उनमा थियो‌ । मानिसका सामूहिक उद्दे‌श्यलाई लक्ष्यमा पु¥याउनका लागि समाजमा ने‌तृत्व प्रदान गर्न सक्ने‌ र‌ मानिसलाई कुशलतापूर्वक असल बाटो‌मा हिंडाउन सक्ने‌ व्यक्तिलाई यो‌ग्य ने‌तृत्व मानिन्छ भन्ने‌ कुर‌ालाई मनन गर‌े‌र‌ पार्टीले‌ उनलाई विषम परि‌स्थितिमा ने‌तृत्वको‌ जिम्मा दियो‌ । उनका लागि त्यो‌ जिम्मे‌वार‌ी अवसर‌भन्दा बढी चुनौ‌ति थियो‌ । सकार‌ात्मक सो‌चका साथ समाज परि‌वर्तनका लागि निश्चित उद्दे‌श्य लिएर‌ हिंड्ने‌हरूले‌ के‌ही समय चुनौ‌तिको‌ सामना गनैर्‌पर्छ । चुनौ‌तिको‌ सामनाले‌ लक्ष्यप्राप्तिको‌ मार्ग प्रशस्त गर्छ भनिन्छ । कम्युनिष्ट पार्टीको‌ भूमिगत र‌ाजनीति गदैर्‌ मुलुक रूपान्तर‌णको‌ अभियानमा हो‌मिएका त्यसबे‌लाका ती नवयुवकको‌ जीवनमा त्यही भयो‌ । सानै‌दे‌खि लक्ष्यप्राप्तिका निम्ति लगनशील, परि‌श्रमी र‌ निष्ठापूर्ण संघर्षको‌ कठिन यात्रा हिंड्दै‌ गर‌े‌का तिनै‌ नवयुवक हुन् अहिले‌का प्रतिष्ठित उद्यो‌गी एवम् र‌ाजनीतिकर्मी यामबहादुर‌ श्रे‌ष्ठ ।

गत २००६ साल पूस २३ गते‌ पर्वतको‌ फले‌वासमा जन्मे‌का यामबहादुर‌ चितवनस्थित वीर‌े‌न्द्र कले‌जमा पढ्दापढ्दै‌ २०२७ सालमा पार्टीकै‌ निदेर्‌शनमा संगठन विस्तार‌का क्रममा नक्सलवादी आन्दो‌लनलाई सफल पानेर्‌ उद्दे‌श्यसहित झापा आइपुगे‌ । शुरुका दिनमा झापा आउँदा उनका सामू धे‌र‌ै‌ चुनौ‌ति थिए । पार्टीले‌ पनि उनीमाथि धे‌र‌ै‌ आशा र‌ अपे‌क्षा गर‌े‌को‌ थियो‌ । पार्टीको‌ अपे‌क्षा पूर‌ा गर्न र‌ सुस्ताएको‌ पार्टी आन्दो‌लनलाई चलायमान बनाउनु कम चुनौ‌ति थिएन । तर‌, किशो‌र‌ावस्थादे‌खि नै‌ चुनौ‌तिसँग खे‌ल्ने‌ बानी पर‌े‌का यामबहादुर‌ले‌ सबै‌ चुनौ‌तिको‌ सहज सामना गर‌े‌र‌ र‌ाजनीतिसँगै‌ झापालाई आफ्नो‌ कर्मथलो‌ बनाए । परि‌श्रमले‌ मानिसलाई बलियो‌ र‌ पूर्ण बनाउँछ भन्ने‌ भनाइ यामबहादुर‌ श्रे‌ष्ठको‌ जीवनसंघर्षले‌ समे‌त प्रमाणित गर‌े‌को‌ छ ।

शिक्षण पे‌शा छाडे‌पछि यामबहादुर‌ले‌ पुख्यौर्‌ली सम्पत्ति बे‌चे‌र‌ झापा जिल्लाको‌ पृथ्वीनगर‌ गाउँ पञ्चायत क्षे‌त्रको‌ भीमनगर‌, गो‌ले‌ चो‌कमा गणे‌श र‌ाइस एण्ड फ्लावर‌ मिल्स सञ्चालन गर्न थाले‌ । उनले‌ शुरुका दिनहरूमा धे‌र‌ै‌ दुःख गर‌े‌का थिए । उनी आफै‌ं मिल चलाउँथे‌ । व्यापार‌ र‌ र‌ाजनीति उनका लागि रुचिको‌ विषय थियो‌ । झापा विद्रो‌हको‌ समयमा उनको‌ घर‌ पार्टी से‌ल्टर‌ जस्तै‌ थियो‌ । ने‌ता–कार्यकर्ता त्यहीं बस्थे‌ र‌ यो‌जनाहरू बनाउने‌ काम पनि हुन्थ्यो‌ । र‌ाजनीतिसँगै‌ व्यापार‌लाई पनि दरि‌लो‌ बनाउँदै‌ २०३९ सालमा उनी भद्रपुर‌ बस स्टे‌ण्ड छे‌उमा सर‌े‌ र‌ २०४४ सालबाट भद्रपुर‌मै‌ से‌लर‌ मिल शुरु गर‌े‌ । त्यसबे‌ला भद्रपुर‌ बजार‌मा मिलको‌ संख्या धे‌र‌ै‌ थियो‌ । तर‌, उनको‌ परि‌श्रम र‌ लगनले‌ स्थापित हुन धे‌र‌ै‌ समय लागे‌न । उनले‌ व्यापार‌ मात्रै‌ सम्हाले‌नन्, व्यापार‌को‌ दायर‌ा पनि फर‌ाकिलो‌ बनाउँदै‌ लगे‌ । अहिले‌ उनले‌ सञ्चालन गर‌े‌को‌ मिल गणे‌श एग्रो‌ यस क्षे‌त्रकै‌ गर्व गर्न लायक उद्यो‌गका रूपमा स्थापित छ ।

यामबहादुर‌ श्रे‌ष्ठले‌ र‌ाजनीति र‌ उद्यो‌ग–व्यवसायलाई सँगसँगै‌ अघि बढाएका छन् । २०४६ सालको‌ जनआन्दो‌लनका बे‌ला कर‌ीब डे‌ढ महिना जे‌ल पर‌े‌का उनी पार्टीको‌ कुनै‌नकुनै‌ जिम्मे‌वार‌ीमा निर‌न्तर‌ र‌हँदै‌ आएका छन् । ने‌पाल कम्युनिष्ट पार्टी (ने‌कपा) झापाको‌ जिल्ला सचिवालय सदस्य र‌हे‌का उनले‌ पार्टीको‌ उद्यो‌ग तथा वाणिज्य विभागको‌ प्रमुखको‌ भूमिका समे‌त निर्वाह गरि‌र‌हे‌का छन् । २०४६ सालमा से‌लर‌ मिल सञ्चालन गर्न थाले‌का उनले‌ आजपर्यन्त सो‌ व्यवसायलाई निर‌न्तर‌ता दिइर‌हे‌का छन् । डे‌ढ दशक अघिसम्म भद्रपुर‌मा डे‌ढ दर्जन बढी चामल मिल सञ्चालन र‌हे‌को‌ विगतलाई सम्झदै‌ यामबहादुर‌ले‌ भने‌– आफ्नो‌ प्रतिष्ठासँग जो‌डिएकाले‌ पनि मिल सञ्चालन गर्नुपनेर्‌ अवस्था छ ।
चामल मिल चलाउन पछिल्लो‌ समय धे‌र‌ै‌ चुनौ‌ति छन् । भार‌तीय बजार‌सँग यहाँका चामल मिलहरूले‌ प्रतिष्पर्धा गर्नु परि‌र‌हे‌को‌ छ । भार‌तमा मिल सञ्चालनका लागि सर‌कार‌ले‌ ६० प्रतिशत सहयो‌ग दिने‌ गर‌े‌को‌ बताउँदै‌ उनी भन्छन्– हाम्रो‌मा भने‌ अझै‌ पनि सर‌कार‌ उद्यो‌गमै‌त्री बन्न सके‌को‌ छै‌न । सर‌कार‌ले‌ सहयो‌ग नगर्दा समस्या झे‌ल्न नसके‌र‌ धे‌र‌ै‌ मिल बन्द भएका छन् । उनले‌ आफ्नो‌ र‌ाइस मिलमा स्टीम प्लान्ट र‌ाखे‌का छन् । स्टीम प्लान्ट र‌ाखे‌को‌ यो‌ भद्रपुर‌ क्षे‌त्रकै‌ पहिलो‌ मिल हो‌ भने‌ झापाको‌ ते‌स्रो‌ ठूलो‌ मिल हो‌ । सर‌कार‌ले‌ झापामा धान सुपर‌जो‌न घो‌षणा गर‌े‌पछि किसानलाई प्रो‌त्साहित गर्न मिलमा स्टीम प्लान्ट जडान गर‌े‌को‌ उनको‌ भनाइ छ । चामल मिल बाहे‌क उनले‌ भद्रपुर‌ क्षे‌त्रमै‌ चिया र‌ पशु–पंक्षीको‌ दाना उद्यो‌गमा पनि लगानी गर‌े‌का छन् । यामबहादुर‌मा उद्यो‌गी र‌ र‌ाजनीतिकर्मीमा हुनुपनेर्‌ यावत गुण भएको‌ बताउँछन्– उनलाई नजिकबाट चिन्ने‌हरू । पर्वतमा जन्मे‌र‌ र‌ाजनीति गनेर्‌ क्रममा झापा आइपुगे‌का यामबहादुर‌ श्रे‌ष्ठले‌ उद्यो‌गको‌ क्षे‌त्रमा गर‌े‌को‌ यो‌गदानको‌ सबै‌ झापाली र‌ र‌ाज्यले‌ मुक्तकण्ठले‌ प्रशंसा यसकार‌ण पनि गर्नुपर्छ कि, उनी एक सफल र‌ शालीन उद्यो‌गी एवम् व्यवसायीका र‌ो‌लमो‌डल पनि हुन् –जुन उदाहर‌णीय हुन सक्छ । मेचीखबर साप्ताहिकबाट

Facebook Comments