अर्जुनधारा, ३ माघ । बेल्टार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले विहीवारदेखि कार्यभार सम्हालेको छ ।
नवनिर्वाचित समितिलाई पदस्थापन गरिएको हो । समितिका नवनिर्वाचित पदाधिकारीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पद तथा गोपनियताको सपथ गराएका छन् । झापाको खुदुनावारीमा आयोजित कार्यक्रममा रानाले सपथ गराएका हुन् ।
सपथ ग्रहणपछि बोल्दै प्रमुख रानाले उपभोक्तासम्म गुणस्तरीय पानी वितरण गर्न समिति गम्भीर संवेदनशील बन्नुपर्ने बताए । ‘समितिले पानीको स्वच्छता, शुद्धता र पर्याप्ततामा ध्यान दिनुपर्छ’, रानाले भने । बेल्टार खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा योगेन्द्र आचार्य दोस्रो कार्यकालका लागि छनोट भएका छन् ।
यसअघि पनि उनको नेतृत्वको समतिले कुशलतापूर्वक काम गरेको थियो । समितिमा ईश्वर खवास, सुमनकुमारी राई, गोविन्द घिमिरे, पवित्रा दुलाल, आइतराज लिम्वू, तुलसी ढाकाल रहेका छन् । कार्यक्रमको अध्यक्षता निर्वाचन समतिका संयोजक तथा वडा नम्वर–२ का अध्यक्ष रघुनाथ खनाल गरेका थिए ।
नेकपा नगर कमिटी अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली काङ्ग्रेस नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । निर्वाचन समितिका सदस्य पुन्य ओझा स्वागत गरेको कार्यक्रमको सञ्चालन तुलसी खतिवडाले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।