मनोरञ्जन

थाइल्याण्डमा मनाइन् प्रियंकाले ‘ब्याचलोरेट पार्टी’

नायिका प्रियंका कार्कीले १ वर्ष अघि इन्गेजमेन्ट गरेकी प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग अन्ततः लगनगाँठो कस्ने भएकी छिन् ।

प्रियंका विबाहको मिति तय भएपछि आफ्ना साथीहरुसँग ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् । प्रियंकाले थाइल्इाण्ड उड्नुअघि ‘गर्ल ग्याङ्ग’ सँग त्रिभुवन विमानस्थलमा उड्नै लागेको विमान अगाडीको तस्विर पोष्ट गरेकी थिइन् ।

उनले तस्विर पोष्ट गर्दै लेखेकी थिइन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ भनेररु’ उनले ५ जना सुन्दरीका बिचमा उभिएको तस्विर पोष्ट गरेकी थिइन् । त्यसको भोली पल्ट नै थाइल्याण्डबाट प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित ‘ब्याचलोरेट पार्टी’ मनाइरहेका तस्विर र भिडियो एकपछि अर्को गर्दै लगातार पोष्ट गरिरहेकी छिन् ।

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट भएको डेढ वर्षपछि उनीहरुको विबाहको मिति तय गरिएको भए पनि विबाहको मिति भने सार्वजनिक गरिएको छैन ।

Facebook Comments