add
समाज

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु १ घाईते

मोरङ, ३ माघ । मोरङको बेलवारी नगरपालिका(११ लक्ष्मीमार्गमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापा दमक(१ का २५ बर्षीय हरी बहादुर बि।क र पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका(२ का २८ बर्षीय प्रेम दर्जी घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा प्रेम दर्जीको बिहान ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Facebook Comments