मनोरञ्जन

मिस वर्ल्ड मानुषी छिल्लर अक्षयकुमारकी…

एजेन्सी । सन् २०१७ की मिस वर्ल्डको ताज पहिरिएकी मानुषी छिल्लरले बलिउडमा डेब्यू गर्ने भएकी छन् । उनले अभिनेता अक्षयकुमारको अपोजिटमा फिल्म ‘पृथ्वीराज’ मा खेल्दै बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

उनले यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको उक्त ऐतिहासिक फिल्म आफ्ना लागि ठूलो सिकाइ हुन सक्ने आशा ब्यक्त गरेकी छिन् । मानुषीले भनिन्, ‘म यति बेला हिन्दी फिल्मको नायिका बन्ने प्रक्रियामा रमाउन चाहन्छु । र, सँगसँगै यो सिकाइको प्रक्रिया पनि हो । किनभने मलाई धेरै टाढासम्म हिँड्नु छ ।’

उनले नायिका बन्न धेरै काम गर्नुपर्ने धारणा राख्दै थपिन्, ‘यो रचनात्मक हिसाबले अत्यन्तै आनन्ददायी काम पनि हो । अझ यशराजजस्तो ठूलो ब्यानरले ममाथि राखेको विश्वास र भरोसाका कारण पनि कडा मिहिनेत गर्नु जरुरत छ । किनभने यशराजकै यस वर्षको सर्वाधिक ठूलो र आशा गरिएको यो फिल्ममा म आफैं पनि सदस्य बन्न पाएकी छु ।’

२२ वर्षे पूर्व मिस वर्ल्ड मानुषीले आफूले पाएको यस मौकालाई प्रमाणित गर्न चाहेको बताउँदै आफ्नो डेब्यूलाई सर्वाधिक पर्खाइको विषय बनाउन चाहेको सुनाइन् ।

शक्तिशाली र निडर राजा पृथ्वीराज चौहानको नायकत्वमा बन्न लागेको उक्त फिल्मको शीर्ष भूमिकामा अक्षयकुमार देखिने बताइएको छ भने मानुषीले राजाकी प्रेमिका संयोगिताको भूमिका निर्वाह गर्न लागेकी हुन् ।

Facebook Comments