मनोरञ्जन

बाबु बने झापाली कलाकार विल्सन विक्रम उर्फ तक्मेबुढा

आफ्नो जन्मदिनकै दिन हास्यकलाकार विल्सनविक्रम राई तक्मेबुढा बाबु बनेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत आफु छोराको बाबु बनेको बताएका हुन् ।

एक वर्षअघि गुपचुपमै बिहे गरेका उनी छोराको बाबु बनेपछि खुशी व्यक्त गरेका छन् । बिहे गरेको ६ महिनापछि मात्रै बिहे भएको खबर सार्वजनिक भएको थियो । १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४औं जन्मदिन मनाएका छन् ।

Facebook Comments