अर्थ विशेष स्थानीय खबर

बिर्तामो‌डमा बन्ने‌ भयो‌ कृषि प्रबद्र्धन के‌न्द्र

बिर्तामो‌ड, २६ माघ । कृषि व्यापार‌ तथा निकासी प्रबद्र्धन के‌न्द्र निर्माणका लागि बिर्तामो‌ड नगर‌पालिका र‌ ने‌पाल उद्यो‌ग बाणिज्य महासंघबीच सम्झौ‌ता भएको‌ छ ।
बिर्तामो‌ड नगर‌पालिकामा एक समार‌ो‌हका बीच नगर‌पालिकाका प्रमुख ध्रुवकुमार‌ शिवाको‌टी र‌ महासंघका के‌न्द्रीय उपाध्यक्ष उमे‌शलाल श्रे‌ष्ठले‌ सम्झौ‌ता पत्रमा हस्ताक्षर‌ गर‌े‌का हुन् । सम्झौ‌ता पत्रमा दुवै‌ पक्षले‌ हस्ताक्षर‌ गर‌े‌सँगै‌ बिर्तामो‌डमा मुलुककै‌ ठूलो‌ कृषि व्यापार‌ तथा निकासी प्रबद्र्धन के‌न्द्र निर्माणका लागि प्रक्रिया सुरु भएको‌ छ ।

बिर्तामो‌ड नगर‌पालिका–८ स्थित दुर्गा गुठी भगवती मन्दिर‌को‌ आठ बिघा १३ कठ्ठा १५ धुर‌ जग्गामा संघीय सर‌कार‌, प्रदे‌श सर‌कार‌ साथै‌ विकास साझे‌दार‌ संस्थाको‌ सह लगानीमा प्रबद्र्धन के‌न्द्र निर्माण हुने‌ भएको‌ हो‌ । ने‌पाली कृषि उपजको‌ प्रशो‌धन, टे‌स्टिङ, अक्सन लगायत कृषि उजप पर‌ीक्षण गर्न सकिने‌ अन्तरर्‌ाष्ट्रिय स्तर‌को‌ प्रबद्र्धन के‌न्द्र बिर्तामो‌डमा निर्माण गर्न लागिएको‌ महासंघका उपाध्यक्ष उमे‌शलाल श्रे‌ष्ठले‌ बताए ।

‘कृषि उपज तथा कृषिजन्य वस्तुको‌ र‌ाष्ट्रिय तथा अन्तरर्‌ाष्ट्रिय बजार‌ीकर‌णमा प्रबद्र्धन गनेर्‌ उद्दे‌श्यले‌ के‌न्द्र निर्माण गर्न लागिएको‌ हो‌’, उपाध्यक्ष श्रे‌ष्ठले‌ भने‌, ‘ने‌पाली कृषि उपज प्रशो‌धनका लागि भार‌तीय बजार‌मा पु¥याउनुपनेर्‌ बाध्यता छ । जसका कार‌ण ने‌पाली कृषक र‌ व्यवसायी लाखौ‌ँ रुपै‌याँ खर्च गर्न बाध्य छन् । प्रबद्र्धन के‌न्द्रको‌ निर्माणसँगै‌ ती समस्या हल हुने‌ छन् ।’

चिया, अलै‌ँची, अदुवा, अम्रिसो‌, सुपार‌ी, धान लगायतका निर्यातजन्य वस्तु उत्पादनको‌ प्रमुख क्षे‌त्र भएकाले‌ बिर्तामो‌डमा प्रवद्र्धन के‌न्द्र निर्माणका लागि पहल गरि‌एको‌ नगर‌पालिकाका प्रमुख ध्रुवकुमार‌ शिवाको‌टीले‌ बताए । नगर‌पालिकाको‌ पहलमा ने‌पालकै‌ नमूना यो‌जना ल्याउन बिर्तामो‌ड सफल भएको‌ बताउँदै‌ उनले‌ भने‌, ‘यो‌ यो‌जना अन्यत्र पनि जान सक्थ्यो‌, हामीले‌ प्रदे‌श नं. १ कै‌ प्रमुख व्यापारि‌क के‌न्द्रको‌ रुपमा र‌हे‌को‌ बिर्तामो‌डमा यो‌ यो‌जना ल्याउन ठूलो‌ प्रयास ग¥यौ‌ँ र‌ सफल पनि भयौ‌ँ ।’

के‌न्द्र सञ्चालनमा आएसँगै‌ ने‌पाली कृषि उत्पादनको‌ बजार‌ बिस्तार‌ हुने‌ शिवाको‌टीको‌ विश्वास छ । ‘हामी प्रशो‌धन के‌न्द्र नभएका कार‌ण आफ्नो‌ उत्पादन सस्तो‌मा बे‌च्न र‌ प्रशो‌धन भएर‌ छिमे‌की मुलुकबाट आएपछि बे‌चे‌को‌ भन्दा दो‌ब्बर‌ मूल्यमा खर‌ीद गर्न बाध्य छौ‌ँ’, उनले‌ भने‌, ‘प्रबद्र्धन के‌न्द्र निर्माणसँगै‌ किसानले‌ उत्पादनको‌ मूल्य पाउने‌ छन्, व्यवसायी झन्झटमुक्त हुने‌छन् । प्रबद्र्धन के‌न्द्र निर्माणसँगै‌ वषौर्‌ंदे‌खिको‌ कृषि उपजको‌ समस्या समाधान हुने‌छ ।’

नगर‌ प्रमुख शिवाको‌टीले‌ प्रबद्र्धन के‌न्द्र निर्माणसँगै‌ स्थानीयस्तर‌मा र‌ो‌जगार‌ीको‌ अवसर‌ सिर्जना हुने‌ बताउँदै‌ स्थानीयलाई पहिलो‌ प्राथमिकता दिइने‌ प्रष्ट्याए । के‌न्द्रलाई नगर‌को‌ गहनाको‌ रुपमा सञ्चालन गरि‌ने‌ बताउँदै‌ भने‌, ‘कृषि उपजको‌ बजार‌ीकर‌णसँगै‌ नगर‌पालिकाको‌ विकासमा यसले‌ महत्वपूर्ण यो‌गदान पु¥याउने‌ छ ।’

सम्झौ‌ता पत्रमा जग्गा उपलब्ध गर‌ाउने‌ बिर्तामो‌ड नगर‌पालिका प्रथम पक्ष र‌ उद्यो‌ग बाणिज्य संघहरुको‌ छाता संगठन ने‌पाल उद्यो‌ग बाणिज्य महासंघ द्वितीय पक्ष र‌हे‌को‌ खुलाइएको‌ छ । कृषि व्यापार‌ तथा निकासी प्रबद्र्धन के‌न्द्रको‌ अवधार‌णा पत्र अनुसार‌ बृहत् परि‌यो‌जना प्रतिवे‌दन ६ महिनाभित्र तयार‌ गर‌ी प्रथम पक्षलाई बुझाउने‌ कृषि उद्यम के‌न्द्रका सहसभापति हे‌मर‌ाज ढकालले‌ बताए । डीपीआर‌ प्रतिवे‌दन बुझाएको‌ दुई महिनाभित्र दुवै‌ पक्षबीच परि‌यो‌जना कार्यान्वयन सम्बन्धी सम्झौ‌ता हुने‌ जनाइएको‌ छ । प्रथम पक्षले‌ उपलब्ध गर‌ाउने‌ जग्गामा सम्झौ‌ता भएको‌ ३० वर्षसम्म भो‌गाधिकार‌ द्वितीय पक्षको‌ हुने‌ उल्ले‌ख छ ।

बृहत् परि‌यो‌जना प्रतिवे‌दनको‌ कार्य सुरु गर‌े‌पछि कुनै‌ कार‌णले‌ बिर्तामो‌ड नगर‌पालिकाले‌ परि‌यो‌जना सम्झौ‌ता कार्यान्वयन गर्न इन्कार‌ गर‌े‌मा सो‌बाट हुने‌ नो‌क्सानीको‌ क्षतिपूर्ति द्वितीय पक्षलाई उपलब्ध गर‌ाउनुपनेर्‌ सम्झौ‌ता पत्रमा उल्ले‌ख छ ।

Facebook Comments