add
मनोरञ्जन स्थानीय खबर

कलाकार जन्माउने सहर बन्दै गौरादह

add

सान नेपाल
गौरादह, १७ साउन । गौरादह भन्ने बित्तिकै कलाकार जन्माउने सहर भनेर चिनिँदै आएको कुरामा दुर्इमत नरहला । सिताराम ताजपुरियाले गाएको गौरादहको बजारैमा… बोलको गितले कालजयी गित बनेर सबैको कानमा गुन्जी रहेकोे छ ।

राष्ट्रिय कलाकारको रूपमा एकाएक देखापरेका सिताराम कट्टेल धुर्मुस गौरादह हांसखोराबासी हुन् । उनले गौरादहलार्इ देश भरी मात्र होइन अन्तरास्ट्रिय क्षेत्रमा परिचित गराएका छन् । कलाकारले सपना देख्नुपर्छ भनेजस्तो धुर्मुसले सांच्चैको सपना देखेका रहेछन् । मुसहर बस्ती, एकीकृत वस्ती आदि निर्माण गरेर दुनियाँलाई चकित पारेका उनले क्रिकेट खेलको विकासका लागि राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दै छन् ।

पछिल्लो पटक एक÷एक चर्चामा रहेका छन्, हरी बस्नेत डिके । आफुलार्इ अब्ब्ल कलाकार बनाउने अभियानमा लागेका उनले आफू मात्र होइन, गौरादह नगरपालिका भित्र र बाहिर रहेका प्रतिभावान कलाकारलाई प्रोत्साहन गर्ने अभियानमा जुटेका छन् ।

उनका प्रत्येक म्युजिक भिडियो र चलचित्रहरुले निकै ठूलो सफलता हात पारेपछि लोकप्रिय बन्दै गएका बस्नेत एक्लै भने छैनन् । नवनायकको रूपमा देखापरेका भुवन खड्काले सक्दो साथ दिइरहेका छन्– उनलाई ।

भुवन मात्र होइन, नारायण राजवंशीको अब्बल नेतृत्व र कार्यक्षमताले टिमलाई बलियो बनाउन सकेको छ । उदियमान कलाकारहरुको लिस्टमा रहेकी सुस्मा सुबेदीलाई दर्शकले रुचाउनुको पछाडि रहस्य छ त उनको मीठो मुस्कान ।

कुनै पनि चलचित्र हेर्ने दर्शकले नायिकाको बारेमा निकै चासो राखेका हुन्छन् । जबसम्म पर्दामा नायिका देखापर्दिनन् तबसम्म दर्शकलाई खल्लो महसुस भइरहन्छ । त्यस्तै अब्बल भुमिकामा रहेकी सुस्मालाई नायिकाको रूपमा लिन पाउदा नयाँ निर्माण क्रममा रहेको चलचित्र ‘प्रायस्चित’ ले सफलता हासिल गर्ने कुरा निश्चित प्रायः छ ।

दर्जनौं साना तथा ठूला पर्दाका चलचित्रको सफलतापछि दर्पण फिल्मिस प्रा.लीले पुनः अर्को शर्ट मुभी प्रायश्चितको शुभमुहुर्त गरेको छ। सागर फिल्म्सको व्यानरमा निर्मित उक्त चलचित्रको श्रावण १५ गते एक औपचारिक कार्यक्रमका बिच गौरादह नगरपालिकाको ग्वालडुब्बा बजार बाट छायांकनको शुभारम्भ गरियो ।

स्थानीय कलाकारहरुको प्रस्तुति रहेकोे चलचित्रको निर्देशन हरी बस्नेत डिकेले गरेका छन् भने मुख्य नायकमा भुवन खड्का र नायिकाको भुमिकामा सुस्मा सुवेदी रहेकी छिन् । यसैगरी अन्य कलाकारहरुमा दर्पण फिल्मिसका व्यवस्थापक नारायण राजबंशी, चरित्र अभिनेत्रीको रूपमा दुर्गा काफ्ले, ओमप्रकाश गौतमको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारहरुमा बिजय खड्का, अनु भुजेल, सुनिता दाहाल, हेलन राजबंशी, पुजन राजबंशी, छितिज बस्नेत, लक्ष्मी बराल, मन्दिरा मगर लगायतले अभिनय गर्ने भएका छन् ।

नयाँ चलचित्रको शुभारम्भ गर्दै चलचित्रका निर्देशक डिकेले स्थानीय कलाकारलाई अवसर प्रदान गर्ने उद्देश्यले नयाँ चलचित्रको शुभारम्भ गरिएको बताए । आफुले निर्देशन गरेका मोफसलका चलचित्रहरुले राम्रो लोकप्रियता हासिल गर्न सकेकोमा खुशी एवम् हौसला बढेको भन्दै दर्शकहरूको मायाबाट नै अघि बढ्ने प्रेरणा प्राप्त भइरहेको उनी बताउँछन् ।

Facebook Comments