विशेष स्थानीय खबर

पर्यटन प्रवर्धनमा अर्जुनधाराको अभियान प्रभावकारीः सांसद् निरौला

अर्जुनधारा, ११ फागुन । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्येश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रम आईतवार वडा नं ६ मा सम्पन्न भएको छ ।

प्रमुख अतिथी संघीय सांसद पबित्रा निरौला खरेलले पर्यटन बर्ष सफल बनाउन नगरले संञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले जनताको जीवनस्तर उठाउन सबै क्षेत्र लाग्नुपर्ने बताइन् ।

नगर भित्रका कला, संस्कृती, साहित्य, खेलकुद क्षेत्रमा समेत नगरले ध्यान दिएको निरौलाले बताएकी छन् । आइतवार वडा नं ६ मा कला, संस्कृती, साहित्य, खेलकुद कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शिवीर ,कृषि , पशु सेवा लगाएतका सेवा नागरिकका घर दैलोमै गएर प्रदान गरेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

वडा नं ६ का अध्यक्ष लोकानाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख कमला खतिवडाले कार्यक्रमको औचित्यमाथी प्रष्ट परेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन वडा सदस्य तुमनाथ काफ्लेले गरेका थिए ।

Facebook Comments

आजको मितिः

२७-चैत-२०७६

फेसबुक