विशेष स्थानीय खबर

झापामा भेट्टाएको एक लाख फिर्ता

बिर्तामोड, १२ फागुन । झापाको दमक–६ स्थित सडकमा फेला परेको रू एक लाख आइतबार सम्बन्धित धनीलाई बुझाइएको छ ।

श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी झापामा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दश दिनअघि दमक–६ फर्निचर लाइनको सडक किनारमा बेवारिसे अवस्थामा रू एक हजार दरको रू एक लाखको गड्डी फेला पारेका थिए । शिवसताक्षी–९ का ३९ वर्षीय भीमबहादुर लिम्बूले आज रकम आफ्नो भएको प्रमाण बुझाएपछि हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दमकका प्रनाउ बिजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभात किरण श्रेष्ठ, इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि, दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौडेल लगायतको रोहबरमा सम्बन्धित धनीलाई रकम हस्तान्तरण गरिएको हो ।

Facebook Comments

आजको मितिः

२७-चैत-२०७६

फेसबुक