विशेष साहित्य स्थानीय खबर

रतुवा खोलाको पीडाबाट मुक्ति पाउँदै गौरादहबासी

सान नेपाल
गौरादह, १८ साउन । रतुवा खोलाको डुबान र कटानले मार पर्दै आएका झापा गौरादह नगरपालिकाको वार्ड नं. ५ का जनतालाई राहत मिल्न थालेको छ ।

बर्सेनि पीडित हुँदै आएका उनीहरु बाँध निर्माणसँगै सुरक्षित महसुस गर्न थालेका छन् । बर्षौंदेखि बाढीको त्रासमा बाँच्न बाध्य उक्त क्षेत्रका वासिन्दाहरु सरकारको तटबन्धन योजनाबाट पनि उतिसारो फाइदा लिन सकेको छैनन् । तर यस पटकको बाढीबाट बच्न उनीहरु आफ्नै श्रममा विस्वास गर्दै तटबन्धनमा जुटे । नेकपा नेता मदन अधिकारीको नेतृत्वमा गठित संरक्षण समिति मार्फत बाँध निर्माण कार्य सम्पन्न भएको छ।

गत वर्ष ६०० मिटर बाध निर्माण गरिएको र यो वर्ष पनि थप १५० मिटर बाध निर्माण सम्पन्न भएको छ, जसबाट २०० घरलाई टेवा पुगेको छ भने करिब ५०० बिघा जमिन संरक्षण भएको छ । बाध निर्माणका लागि जनताको तटबन्धन कार्यक्रम कार्यालय गैंडेले गत वर्ष ३० हजार थान र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराएको थियोे ।

गत वर्ष गैंडे कार्यालयको आर्थिक सहयोगमा ६ मिटर पक्की बांध निर्माण भएको थियोे । न्यूनीकरण प्रयासमा गत आर्थिकवर्षमा नगरपालिकाले २ लाख बजेट विनियोजन गरेको नगर कार्यपालिका सदस्य एवम् संरक्षण समिति सदस्य गोमा चेम्जोङले बताइन् ।

नगरको विकट वार्डको रूपमा चर्चा पाएको वार्ड नं। ६ रतुवा खोलाको प्रभावित क्षेत्र हो । अघिल्ला वर्षहरुमा यस वडा भित्र रास्ट्रीय योजना मार्फत निर्माण गरिएका बाधहरु कतिपय स्थानमा कटान भएको पाइएको छ । बाढीको उच्च जोखिममा रहेको यो वडाबाट बर्सेनि सयौं परिवार घरवारविहीन हुने गरेका छन् भनें सयौं बिघा जमिन कटान हुने गरेको वार्ड अध्यक्ष खड्ग पराजुली बताउँछन् ।

Facebook Comments