विशेष शिक्षा स्थानीय खबर

झापामा विद्यार्थी आन्दोलनका नाममा ‘आर्थिक चलखेल’ !

add

बिर्तामोड, १९ साउन । झापामा विद्यार्थीको हितको लागि भन्दै बिभिन्न समयमा हुने विद्यार्थी आन्दोलन संस्थागत भन्दा पनि संगठन भित्रका केहि व्याक्तिको स्वार्थका लागि हुने गरेको पाईएको छ ।

वर्षेनी जिल्लाका ठुला सामुदायिक र निजी विद्यालयमा विद्यार्थीलाई जथाभावि शुल्क लिएको भन्दै ताला लगाउने देखि जिल्लामा सञ्चालित कन्सलटेन्सि बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गर्ने र रकम लेनदेनमा सहमति गर्ने गरेको तथ्य फेला परेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएर विद्यार्थी भर्ना हुनसाथ विद्यालयले जथाभावि शुल्क लिएको भन्दै ताला लगाउने र सामुदायिक विद्यालय र निजि विद्यालयको छाता संगठन प्याप्सन सँग निस्चित रकम लिएर ताला खोल्ने क्रम यो वर्ष पनि चलिरहेको स्रोतले बताएको छ । यस अघिका वर्षमा पनि अनेरास्ववियू र क्रान्तिकारीका जिल्ला तहका नेताले आन्दोलन टुङ्ग्याउन प्याप्सन सँग रकम लिएको स्रोतको दाबि रहेको छ ।

यस अघिका विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका अनेरास्ववियू पुर्व जिल्ला कमिटि अध्यक्ष रोसन सुवेदि र अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रवि बस्नेतले विभिन्न समयमा निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याप्ससन) सँग आर्थिक सहयोगका नाममा लाखौ रकम लिएको तथ्य फेला परे सँगै यस्तो रहस्य सार्बजनिक भएको हो ।

हामिलाई प्राप्त प्रमाण अनुसार प्याप्सन सँग अनेरास्ववियू पुर्व जिल्ला कमिटि अध्यक्ष रोसन सुवेदीले ४ लाख, क्रान्तिकारीका केन्द्रिय सदस्य रवि बस्नेतले विभिन्न समयमा ७ लाख रुपैयाँ आफ्नै नाममा लिएको पाईएको छ । बस्नेतले २०७४ बैशाख २५ गते ३ लाख, जेठ २ गते ३ लाख र बैसाख ११ गते १ लाख रकम प्याप्सन सँग लिएका थिए । यस्तै अनेरास्ववियूका नेता सवेदीले २०७४ जेठ १ गते प्याप्सन सँग चार लाख रुपैयाँ आर्थिक सहयोग लिएको पाईएको छ । विद्यालयमा ताला लगाउने र रकम माग गरेर ताला खोल्ने गरेको विषयमा जानकारी लिन प्याप्सनका जिल्ला अध्यक्ष कोषराज प्याकुरेल सँग संपर्क गर्दा उनको मोवाईलमा संपर्क हुन सकेन ।

संस्थागत निर्णय बिनानै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने, सामुदायिक विद्यालय र व्याप्सन अन्तरगतका विद्यालयमा तालाबन्दि गर्ने र रकम लेनदेनमा सहमति गरी ताला खोल्ने गरेको तिनै संगठनमा आबद्ध विद्यार्थी नेताहरुको प्रतिकृया रहेको छ । केहि दिन देखि झापामा जारि रहेको अनेरास्ववियू र क्रान्तिकारी विद्यार्थी संगठनको संयुक्त भनिएको आन्दोलन पनि संस्थागत निर्णय बिनानै सुरु गरेको पाईएको छ ।

झापामा सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरुमा कक्षा ११ र १२ मा अत्याधिक शुल्क लिएको, जिल्लामा जथाभावि कन्सल्टेन्सि खोलेर विद्यार्थी ठगेको, सिटिईभिटि बाट सञ्चालित शिक्षणसंस्थाले नियम उलंघन गरि गुणस्तरहीन शिक्षा दिएको भन्दै नेकपा निकटर अनेरास्ववियू र क्रान्तिकारी विद्यार्थी संगठनले सुरु गरेको बिरोध र आन्दोलन समेत संस्थागत निर्णय बिनानै भईरहेको सोहि संगठनमा आबद्ध पदाधिकारीले बताएका छन् ।

क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष सरस्विति चौलागाईले पछिल्लो दिन झापामा भईरहेको विद्यार्थी आन्दोलन पनि संस्थागत निर्णय बिनानै भईरहेको बताईन । ‘विद्यार्थीको विषय भनेर बहुमतले साथ चाहि दिए होलान्, तर संस्थागत निर्णय भने भएको छैन, उनले भनिन्– आन्दोलन सुरु गरेपछि निस्कर्षमा पु¥याउनुपर्नेमा बिचमानै आन्दोलन रोक्ने र सहमति गर्ने गर्नुमा केहि चलखेल हुन सक्छ ।’

यता आन्दोलनको नेतृत्व गरिरहेको अनेरास्ववियूका जिल्ला कमिटि अध्यक्ष दुर्गा धमलाले पाटि एकता भईरहेको समयमा आन्दोलन गर्ने निर्णय संस्थागत रुपमा नभए पनि विद्यार्थीको समस्या हेरेर बस्न नसकेकाले आन्दोलन सुरु गरेको बताए । उनले आन्दोलन गर्ने र रकमको लेनदेन गर्ने परिपाटि अस अघि भएको आरोप आए पनि यो पटकको आन्दोलन त्यस्तो नभएको दाबि गरे । उनले भने – ‘पहिले ककसले लियो थाहा छैन, तर अब त्यसको पनि प्रमाण खोज्ने काम हाम्रो हो ।’

यता अहिले भईरहेको विद्यार्थी आन्दोलन संस्थागत निर्णय बिना केहि पदाधिकारीको एकलौटि निर्णयले भएको भन्ने गुनासो आएपछि क्रान्तिकारीले सोहि विषयमा छलफल गर्न शनिवार जिल्ला कमिटिको बैठक बोलाएको छ । जिल्ला कमिटि उपाध्यक्ष समर्पण खतिवडाले संस्थागत निर्णय बिना नै आन्दोलनका कार्यक्रम सबर्वजनिक भएपछि सोहि विषयमा छलफल गर्न बैठक बोलाएको बताए । यत अनेरास्ववियुले गरिरहेको आन्दोलनका विषयमा पनि शनिवार नेकपा जिल्ला कमिटिले छलफल गर्ने तयारी गरेको पाटि स्रोतले बताएको आजको इजलास दैनिकमा छ ।

Facebook Comments