साहित्य स्थानीय खबर

वरपीपल सहकारीले ग¥यो २१ जनालाई सम्मान

बुधबारे, १९ साउन । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३ औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा शनिबार भएको कार्यक्रममा संस्थामा विगतमा विभिन्न समितिमा कार्य गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको संस्थाका सदस्य अनिल वाग्लेले जनाएका छन् ।

कार्यसमिति सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने छत्रमणी आचार्य, जीवन तिम्सिना, भवानी शंकर उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्षले क्यान्डल बालेर सुरु भएको कार्यक्रममा नयाँ शेयर सदस्यलाई प्रमाण पत्र वितरण गर्नुका साथै सहभागीले गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए भने हाजिरी जवाफ कार्यक्रम पनि गरिएको थियो । कार्यक्रम रामजानकी मन्दिर बुधबारेमा भएको थियो ।

Facebook Comments