अर्थ स्थानीय खबर

गौरीगञ्जको बजेट सार्वजनिकः यस्तो छ रणनीति

गौरीगञ्ज, २१ साउन । गौरीगँज गाउपालिकाला आर्थिक वर्ष ७५ ⁄ ७६ का लागि ४४ करोड ८२ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ ।

गापाले चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग बाणिज्यमा १० लाख शिक्षामा १ करोड‚ स्वास्थ्यमा २५ लाख‚ खाने पानी तथा सरसफाइमा २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा ६८ लाख युवा तथा खेलकुदमा २० लाख रुपैया बिनियोजन गरेको छ । त्यसै गरि पुर्वाधार बिकाश मा १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा १ करोड ६५ लाख‚ सँस्थागत बिकाश तर्फ १ करोड ७० लाख रुपैया बिनियोजन गरेको छ ।

अघिल्लो बर्ष उपभोकता समितीहरुमा देखिएको बिबादस्पद कार्य प्रगतिलाइ मध्यनजर गरि यस पटक देखि गाउपालिकाले ५ लाख भन्दा माथिका बजेटका सवै खाले योजनाहरु टेण्डर प्रकृया बाट इजाजत प्राप्त निर्माण कम्पनी मार्फत गराउने भएको छ । त्यसै गरि गाउपालिकाका हरेक गतिबिधिलाइ पारदर्शी बनाउन तथा जनतामा सुचनाको हक स्थापित गर्न गाउपालिकाले गौरीगञ्ज मोवाइल एप्स सार्वजनिक गरेको छ ।

एप्स सार्वजनिक गर्दै सुचना अधिकृत सुमन थापाले नागरिक वडा पत्र देखि लिएर बिकास निर्माणका काम तथा हरेक सुचनाहरु सो एप्समा राखिने कुरा बताएका छन् ।
कृषि‚ शिक्षा स्वास्थ्य‚ ब्यापारमा उन्नती‚ पुर्वाधार बिकास सहित गौरीगञ्जको समुन्नती भन्ने मल नाराका साथ आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न बार्षिक निती तथा बजेट सार्वजनिकी कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगञ्जको बिकास निर्माणमा बवै जना इमानदारी पुर्वक लागि पर्नु पर्ने बताए ।

बजेट सार्वजनिक भए पछि पार्टि प्रतिनिधिका तर्फबाट बोल्दै नेकपाका गाउ समिती अध्यक्ष बिष्णु न्यौपानेले बजेट समग्रमा ठिकै भएपनि गएको आर्थिक वर्षमा कतिपय योजनामा उपभोक्ता समिती र जनप्रतिनिधिको मिलेमतीमा काम अपार्दर्शो भएको कुरा बताए । उनले उपभोक्ता समिती गठनमा समेत जनप्रतिनिधिहरुले हस्थक्षेप गरि आफ्नो प्यानलको मान्छे राखेको गुनासो गरे ।

गापा अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा इलाका प्रसासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्य‚ गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार शाक्य‚ बिभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु जनप्रतिनिधिहरु बिभिन्न शाखा कार्यालयका प्रमुखहरु प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन नासु बिरेन्द्र खड्काले गरेका थिए ।

Facebook Comments