विचार

लेखनवृत्तिले जन्माएको एउटा नयाँ मान्छे

धर्म गौतम

‘इलाम धेरै पहिलेदेखि आउन खोजेकी थिएँ तर मिलिरहेको थिएन । यसपालि अवसर जु¥यो, साह्रै खुसी लागेको छ । इलाम नेपालको एउटा सुन्दर नगरका रुपमा चिनिन्छ । त्यस्तै पोखरा अर्को सुन्दर शहरका रुपमा चिनिन्छ । म पोखराकी मान्छे, इलाममा आएर, इलामलाई देखेर साह्रै आनन्दित भएकी छु ।’ लेखक पाठक सम्वाद तथा ‘नथिया’ आख्यानमाथि विमर्श कार्यक्रममा नथियाकी लेखिका सरस्वती प्रतीक्षाले आप्mनो मन्तव्यको थालनी यसरी नै गरिन् ।

‘फरक आयाम’ र ‘भानु प्रतिमा संरक्षण तथा साहित्य प्रवद्र्धन समिति’ को निम्तिामा गएको आइतबार इलाम सदरमुकाम आइपुगेकी प्रतीक्षाले नथियाको रचना गर्भ र त्यस आख्यानका बारेमा बोल्दै गर्दा यस पंक्तिकारलाई भने एकखाले पछुतोले सतायो समयमै त्यो कृति नपढेकामा । नथिया इलाम बजारमा आउनासाथ सदरमुकाममा रहेको अमेरिकन कर्नरका नामले चिनिने पुस्तकालयमा त्यसको एक प्रति भित्रिएको थियो । त्यस पुस्तकालयको पाठक सदस्यका अतिरिक्त व्यवस्थापन समितिको सदस्य समेत भएकाले त्यस नुतन कृतिको आगमनको जानकारी मलाई थियो । तर त्यो पुस्तक अन्य पाठककातिर भएकाले पछि पढौंला भन्दै बसेको थिएँ ।

लेखक धर्म गौतम

रचनागर्भको रोचक प्रसङ्ग भनिसिध्याएर आप्mनो कृति कथा र त्यहाँभित्रका पात्रका बारेमा उनको मन्तव्य आउन थालेपछि मलाई त्यो कृति पढ्नमा गरेको ढिलाइका प्रति छुक लाग्न थालिहाल्यो । सरस्वती प्रतीक्षा लेखिका मात्रै होइन कुशल वक्ता पनि रहिछन् । उनका एकाध फुटकर रचना कतै पढेको थिएँ होला तर उनीसँग साक्षात्कार भने भएको थिएन । त्यसैले उनको धारा प्रवाह वाचन शैली र बिषयको प्रभावकारी प्रस्तुतिकरण आकर्षक लाग्यो । आप्mनै रचनामाथि त्यति राम्रो प्रस्तुति स्वयं कृतिका रचनाकारबाट यस अघि मैले विरलै सुनेको थिएँ ।
नथियाका प्रसङ्गमा आप्mनाबारेमा बोल्दै उनले भनिन्, म कविताबाट चिनिएकी मान्छे । मेरा तीन कविता संग्रह प्रकाशित भइसकेका छन् । त्यो भन्दा फरक विधामा प्रवेश गर्दा निश्चिय नै मेरा सामु अहजताहरु थिए । एउटा राम्रो कविताबाट चिनिएको कविले अर्को कविता राम्रो गर्न सकेन भने पाठकले त्यसलाई हेरिरहेका हुन्छन् । तर त्यसपछि अर्को कविता राम्रो गर्न सकियो भने पाठकले क्षमा गरिदिन्छन् । राम्रो हुन नसकेको अघिल्लो कविता बिर्सिदिन्छन् तर त्यो सुविधा आख्यानमा हुँदैन ।

आप्mनो उपरोक्त मन्तव्यलाई पुष्टि गर्न उनले अगाडि भनिन्, कविता लेख्न लामो समय लाग्दैन । दुई चार दिन, हप्ता पन्ध्र दिनमा अर्को नयाँ कविता तयार गरेर पाठक तथा श्रोतामाझ आउन सकिन्छ तर आख्यानलाई ल्याउन दुई चार पाँच बर्ष लाग्छ । आधा दशक भनेको मानिसको जीवनमा लामो कालखण्ड हो । छिट्छिटै आख्यान लेखेर बजारमा ल्याउने पनि छन् तर मलाई यो कृति तयार गर्न पाँच बर्षभन्दा पनि बढी नै लाग्यो । अनि यसलाई पाठकले रुचाएनन् भने के होला ? अर्को कृति ल्याएर पाठकको त्यो धारणा परिवर्तन गर्न त अर्को पाँच बर्ष लाग्छ । त्यसैले कविबाट आख्यानकारको परिचय बनाउनु मेरा लागि अवश्य नै चुनौतिको बिषय थियो । यस्तै भन्दै थिइन् उनी ।

कवि र आख्यानकारका सन्दर्भमा अर्को पनि कुरा उनले भनिन् । सबैजसो, सबैजसो नभनौ, अधिकांश कविहरु आख्यानतिर लागे भनेर मानिसहरु भन्छन् । त्यो सही हो । त्यस्तै भइरहेको पनि छ । निकै कविले आख्यान लेखेका छन्, अरु धेरै कविहरुले आख्यान लेख्दैछन् । सरस्वती पनि त्यतै लागिन् भन्ने छन् । कविता सबैले, धेरैले, पढ्दैनन् तर आख्यान अरु धेरैले पढ्छन् र तिनका बारेमा बिमर्श पनि हुन्छ । एउटा कवितामा एउटा कुरामा, एउटा थिममा लेख्दा पुग्छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ । आख्यानमा धेरै कथाहरु हुन्छन्, त्यसो भएपछि पात्रहरु पनि धेरै हुने नै भए । कथा र पात्र धेरै भएपछि तिनका कुरा भन्न शब्द पनि धेरै चाहिन्छ । तिनको संयोजन अलिक जटिल हुनसक्छ ।
उनको रचना गर्भको प्रसङ्ग रोचक थियो । उनी आख्यान लेख्ने सोचमा थिइन् । एक प्रकार उपयुक्त कथाको खोजीमा थिइन् । २०६४ मा वादी महिलाहरु आन्दोलनमा थिए । उनीहरुले काठमाडौं सिंह दरबार अगाडिको गेटमा प्रदर्शन गरे । उनीहरुका जिउमा मात्रै पेटिकोट र ब्रा थियो । प्रतीक्षाले भनिन्, उनीहरुको अनुहारमा, उनीहरुका आँखामा विद्रोह थियो । बडो विद्रूप देखिन्थ्यो उनीहरुको रुप । त्यो देखेर मलाई लाग्यो म यिनै वादी महिलाको कथा राखेर लेख्छु आख्यान । मैले आपूmले निकै लामो समयदेखि लेख्न चाहेको आख्यानको मूल कथा भेटेँ ।

वादी समुदायमा पहिलो पटक रजस्वला भएपछि ती कन्यालाई नथिया लगाउन दिइन्छ । नथियाले अब उनी भोग्नयोग्य भइन् भन्ने जानाउँछ । त्यसपछि उनलाई भोग्ने इच्छा राख्नेहरुसँग उनकी आमाले मोलमोलाइ शुरु गर्छिन् । एक प्रकारको बडाबड हुन्छ त्यहाँ र जो धेरै पैसा वा मोल दिन तयार हुन्छ उसले ती युवतीको कौमार्य भङ्ग गर्दछ । सरस्वतीले वादी संस्कृतिको यो कथा सुनाउँदा म झस्किएँ । मान्छेमाथि मोलमोलाइ ? त्यो पनि पहिले कसले एउटी किशोरीको कौमार्य भत्काउने बिषयमा । अनि यो दलाली गर्ने मुख्य र निर्णायक पात्र त्यही किशोरीकै आमा । यो समस्त गतिविधिलाई प्रतिक्षाले राजनीतिको संज्ञा दिइन् ।

करिब आधा घण्टा बोलिन् होला सरस्वतीले । र, आप्mनो बोलि बिसाएर श्रोतालाई जिज्ञासा भए राख्न समय दिइन् उनले । के प्रश्न गर्ने र, सबै कुरा तिमीले नै भनिहाल्यौ भनेजस्तो वातावरण भयो केही बेर । मौनता भङ्ग गर्न मैले नै एउटा प्रश्न राखेँ । त्यो यस्तो थियो– वादी समुदायका मानिसहरु, महिलाहरु आपूmले परम्परागतरुपमा गर्दै आएको यौन व्यापारका प्रति असन्तुष्ट छन्, त्यसबाट छुटकाराका लागि सरकार समेत गुहारिरहेका छन् भन्नु भयो । के यो कुरा सबैमा लागु हुन्छ ? परम्परागतरुपमा आपूmले गर्दै आएको काम हो ठीकै छ भन्ने मान्यता राख्ने चाहिँ छैनन् ?

उनको उत्तर सकारात्मक थियो । उनले भनिन्, छन् । त्यस्ता पनि छन् । जसरी एउटा किराना व्यापारीले आप्mनो दोकानमा भएको समान सहजरुपमा विक्री गर्दछ यौन व्यवसायलाई पनि त्यसरी नै एक प्रकारले सम्मानपूर्वक भनौ न लिनेहरु पनि छन् र आप्mनो व्यवसाय चलाई रहेका छन् । आखिर यौन व्यवसायलाई सबैभन्दा पुरानो व्यवसायका रुपमा लिइन्छ । एक समय यसलाई सम्मानपूर्वक हेरिन्थ्यो । नगरबधुहरुलाई आप्mनो नगरमा धुमधामसँग स्वागत गर्ने चलन समेत थियो ।

त्यसपछि पाँचसात प्रश्नहरु आए, तिनको उत्तर दिने क्रममा उनले थप केही कुरा भनिन् । प्रश्नहरु मूलतः नथियाका पात्रहरुका सम्बन्धमा थिए । एक जनाले सोधेका थिए तपाईंको कृति मदन पुरस्कारका लागि छानिएका दश कृतिभित्र परेको छ । यस्तो देख्दा तपाईंलाई खुसी लागेको होला नि ? यसको उत्तर भने उनले अझ गम्भीर ढङ्गले दिइन् । उनले सन् १९३० को दशकमा चर्चामा रहेको पोयटिक रियालिजमको सन्दर्भ कोट्याउँदै जिन रेनबरको प्रसङ्ग ल्याइन् । यी फिल्ममेकरलाई तिमीले यत्रो मिहिनेत गरेर बनाएको फिल्म सफल भयो भने त खुसी हौला, असफल भयो भने नि त भनी कसैले प्रश्न गर्दा उनले जवाफमा भनेका थिए– यो फिल्मबाट पाउने आनन्द त मैले यसको निर्माणको क्रममा नै लिइसकेँ ।

हो, सरस्वती आपूmले पनि त्यस्तै अनुभव गरेको सुनाइन् । उनले भनिन् यो आख्यान लेख्ने क्रममा मैले धेरै कुरा गरेँ । यसका पात्रसँगसँगै हिँडे, अझ भन्दा म आपैm त्यो पात्र भएर बाँचेँ । मैले आपूm संसारलाई चटक्कै छाडेजसरी उनीहरुकै संसारमा बसैँ गएजस्तै गरें । तिनको वर्णन गर्न आपैmले लेखेका शब्दले मलाई कतिपटक चिमोटे । मैले एक प्रकारले यो आख्यान भोगिनै सकेँ । यसबाट प्राप्त गर्नु पर्ने खुसी मैले भोगि नै सकेँ । तथापि पुरस्कार पाउँदा खुसी लाग्नु स्वाभाविक हो ।

माथि शुरुमै उल्लेख गरेको छु मैले नथिया पढेको छैन । तर त्यसका सन्दर्भमा, त्यसका बारेमा प्रतीक्षा र अरुहरुले जे जति बोले त्यसबाट यो आख्यान गणना गर्न योग्य रहेको देखाउँथ्यो । मदन पुरस्कारका लागि छनौट भएका दश कृतिभित्र पर्नु आपैm एउटा मानक हो । त्यसैले त्यो सत्सँग कार्यक्रमलाई समापन गर्ने क्रममा एक वक्ताले सरस्वतीलाई ‘उदीयमान उपन्यासकार’ भनेको सुन्दा मेरो कानमा कसो कसो असजिलो भएजस्तो भयो । तिनको अपेक्षा सायद ‘सफल उपन्यासकार’ थियो । प्रतिदिन दैनिकबाट

Facebook Comments